मूल प्रवाहद्धारा दाहसंस्कार

नाडियाड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत रहेको नाडियाड नगर समितिको पहलमा लाल बहादुर कुमालको दाहसंस्कार गरिएको छ ।

३५ वर्षीय कुमालको उपचारको दौरानमा नाडियाड महागुजरात अस्पतालमा २३ सितम्बर २०२३ का दिन दुःखद निधन भएको थियो । उनी दैलेख जिल्ला भैरवी गाउँपालिका ९, रावतकोटा गैरारवडी निवासी तुलाराम कुमालका छोरा हुन् ।

दाहासंस्कार पछि श्रद्धाञ्जली सभा सम्पन्न गरिएको थियो । सभाको सञ्चालन तेजनारायण महताराले गर्नुभएको थियो । राजमो दैलेखका जिल्ला अध्यक्ष भिमसिंह विष्टले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । विष्टले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको थियो । मृतकको दाहासंस्कारका लागि समाजको पहलमा रु. ५५ हजार ६ सय २४ आर्थिक संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार