नागाल्याडको डिमापुरमा नगर समिति गठन

डिमापुर, २ अक्टोबर । भारतको पुर्वोत्तरमा पर्ने नागालैण्ड राज्यको डिमापुर शहरमा डिलाराम अधिकारी एवं शर्मिला शर्माको पहलकदमी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, केन्द्रीय सदस्य तथा पुर्वोत्तर क्षेत्रीय अध्यक्ष कृष्ण क्षेत्री, केन्द्रीय सदस्य अमित केसीको विशेष उपस्थितिमा श्रमजीवी नेपालीहरु बीच भेला सम्पन्न गरियो ।

सो भेलामा केन्द्रीय अध्यक्ष ठाकुर खनाल र महासचिव प्रेम पौडेलले उपस्थित श्रमजिवी नेपालीहरुलाई मूल प्रवाहको लक्ष्य, उदेश्य एवं संगठनको आवश्यकता माथि प्रकास पार्नु भएको थियो । भेलाले पदम क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय डिमापुर नगर संगठन समिति गठन गरिएको छ । जसमाः उपाध्यक्ष- ओमलाल भुसाल शर्मा, सचीव- रवि लामा, सहसचिव- होमनाथ अधिकारी, कोषाध्यक्ष- शर्मिला अधिकारी शर्मा, सदस्यहरुमा : डिलाराम अधिकारी, तारा क्षेत्री, शिवानी लामा, लिला प्रधान, गिता गुरुङ, रश्मि क्षेत्री, माया थापा, पवित्रा गुरुङ, माईचाङ, सीता क्षेत्री, सुरेश कोइराला, कृष्ण शर्मा र मालती गुरुङ रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार