आसामको राजधानी गुहाटीमा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुहाटी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत गुहाटीमा नगर समिति पुनर्गठन गरिएको छ ।

केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, सदस्य अमित केसी, क्षेत्रीय अध्यक्ष कृष्ण क्षेत्रीको विशेष उपस्थितिमा सम्पन्न भेलाले हरिप्रसाद सापकोटाको अध्यक्षतामा गुहाटी नगर समिति पुनर्गठन गरिएको छ । जसमाः उपाध्यक्ष- शिव ढकाल, सचिव- दिपन्जा थापा, सहसचिव- रोहित क्षेत्री, कोषाध्यक्ष- डिल्लीराम न्यौंपाने, सदस्यहरुमा क्रमशः मोहन पौडेल, खड्क बहादुर क्षेत्री, शुशिला कार्की, सावित्री पंथी, जीवन पौडेल, पदम सापकोटा शर्मा, अर्जुन भुजेल, खेम महत, कृष्ण ठकुरी, शिवलाल शर्मा, वैकल्पिक सदस्यमाः दिल बहादुर खड्का, श्रमण जोली, विष्णु शर्मा र सन्तोष थापा रहनुभएको छ ।

भेलाले दल बहादुर नेपाली, अनिता बसुमतरी, लक्ष्मण सापकोटा र जीवन क्षेत्रीलाई सल्लाहकार चयन गरिएको छ ।

नयाँ समितिलाई केन्द्रीय सदस्य अमित केसी र क्षेत्रीय अध्यक्ष कृष्ण क्षेत्रीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार