हिमाचल, रामपुरमा मूल प्रवाहको गौरा एरिया समिति गठन

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत पर्ने रामपुर गौरा एरिया समिति गठन गरिएको छ । हिमाचल राज्य समितिका कोषाध्यक्ष तथा नगर अध्यक्ष सिताराम बुढाको विशेष उपस्थितिमा सम्पन्न भेलाले रामलाल रानाको अध्यक्षतामा १५ सदस्यीय एरिया समिति गठन गरिएको छ ।

जसमाः उपध्यक्ष- दिपक थापा, सचिव- सोहनलाल कुँवर, सहसचिव- बसन्तकुमार बुढा, कोषाध्यक्ष- करन बुढाथोकी, सदस्यहरुमा क्रमशः भूमा बुढा, विक्रम पुन, देवेन्द्र सिंह राना एक स्थान रिक्त, वैकल्पिक सदस्यमाः जय बहादुर ओली, जगदिश कुमार ओली, दिल बहादुर खेडु मगर, सल्लहकारमा हरि प्रधान, धर्मप्रसाद शर्मा र जमना रेग्मी रहनुभएको छ ।

भेलामा सिताराम बुढाले नेपालबाट रोजगारीका लागि भारत आएका नेपालीहरुको समस्या र त्यसको समाधानका लागि एकता समाजले खेलेको भूमिका र लक्ष्य र उदेश्यको बारेमा प्रकाशन पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार