उल्टो यात्रा (कविता)

हेम बिजी 

केही
उल्टा मान्छेहरु
हिड्न खोज्दैछन् जङ्गली युग तिर
अर्थात
दास युग तिर
यो अघि बढिसकेको
गणतन्त्रको युगमा उभिएर
केही
उल्टा मान्छेहरु
हिड्न खोज्दैछन् सामान्ती युग तिर
अर्थात
मरिसकेको राजतन्त्र ब्यूँताउन
असंभव यात्रा खोज्दैछन्
सडकमा उफ्रिदै
उल्टो यात्रा रोज्दैछन् ।

खोई
कसले बुझाई देला
कसले बताई देला
ए उल्टा मान्छेहरु हो
तिम्रो यात्रा उल्टो भयो भनेर
किनकी
युग पछाडी फर्किदैन
समय पछाडी चल्दैन
र व्यवस्था पछाडी जादैन।

आजकाल
केही उल्टा मान्छेहरु
हिड्न खोज्दैछन् उल्टो यात्रा
अर्थात
जनता दास बनाउन
निरङ्कुश अवतार निकाल्न
फेरी
लोकतन्त्र निल्न
र गणतन्त्र मिल्क्याउन
आजकाल
केही उल्टा मान्छेहरु
खोज्दैछन् उल्टो यात्रा
त्यसैले
खबरदार
ए उल्टा मान्छेहरु
हामी गणतन्त्र निल्न दिदैनौ
उल्टो यात्रा हिड्न दिदैनौ ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार