हैदराबादमा माओजयन्ती मनाइयो

रामप्रसाद पौडेल

हैदरावाद । बिस्व सर्बहारा बर्गका नेता कमरेड माओत्सेतुङको १३१ औं जन्मजयन्तिको अबसरमा अन्तर्राष्ट्रिय एक्यवद्धताका लागि प्रबासी नेपाली जनताको मञ्च मध्य दक्षिण भारतको आयोजनामा भर्चुअलको माध्यमबाट मनाइएको छ ।

उक्त कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा प्रेम पौडेल हुनुन्थ्यो । उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै माओका योगदान, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओका बिचारको महत्व, चिनीयाँ क्रान्ती तथा देशभित्रका कम्युनिस्टको पसल खोलेर बसेका पुँजीवादी एजेन्टहरूको बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा गिरिराज परियार, फुलबीना पौडेल, रतन सिंह, जुगराज मगर, मध्य दक्षिण क्षेत्रबाट बिरबहादुर बिक, जिबनाथ शर्मा, चेतन शर्मा, मोहनलाल शर्मा, सुर्य बहादुर थापा, तेजेन्द्रप्रसाद शर्मा, तेजबहादुर पुन, भुपाल ठाडा लगायतका साथीहरूले बिचार तथा शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता रामप्रसाद पौडेल र सञ्चालन तिलक रानाले गर्नुभएको थियो भने उपस्थित सहभागीहरूलाई रुपलाल घर्तिमगरले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार