बुद्धि मान पुनप्रति मूल प्रवाहद्धारा श्रद्धाञ्जली

वापी, १७ मार्च । नेपाल घर रोल्पा जिल्ला रोल्पा नगरपालिका निवासी हाल गुजरातको वापी थड्पेसमा बस्दै आउनु भएका बुद्धिमान पुन मगर लामो समयदेखि क्यान्सर जस्तो घातक रोगले थला पर्नुभएको थियो ।

वहाँ धेरै बर्षदेखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको साधारण सदस्य रही आर्थिक, नैतिक एवं भौतिक सहयोग पुर्याउँदै आउनुभएको थियो ।

वहाँको १७ मार्च २०२४ का दिन दुःखद निधन भएको छ । उक्त खबर पाउना साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य श्रीधर शर्मा, वापि पुर्व नगर अध्यक्ष भुवन सिंह धामी, क्षेत्रीय महिला विभाग संयोजक बिष्णु माया शर्मा, पश्चिम भारत क्षेत्रीय सदस्य गन बहादुर राना, नगर समितिकी शुसिला भन्डारी लगायत मूल प्रवाहका विभिन्न स्थरका कार्यकर्ताहरू घट्ना स्थलमा पुग्नुभएको थियो ।

मूल प्रवाहका नेता कार्यकर्ताहरु र आफन्तहरुको उपस्थितिमा बुद्धिमान पुनको अन्तिम संस्कार गरिएको छ । बुद्धि मान पुन मगरप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिले श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार