केशव गाहा (पाल्पाली)
घर आँगन सम्झियो त्यो संघार सम्झियो
आँशु पुछ्दै परदेशीले परिवार सम्झियो
चुनावमा गाउँ गाउँ पैसा बाँडेको देखेर
बेरोजगार युवाले रोजगार सम्झियो
जिवनको संघर्षलाई नबुझेर नै होला
असफलतालाई उस्ले आफ्नो हार सम्झियो
कानून गोजीमा बोकेर हिड्ने बलात्कारीले
एउटा अबला नारीलाई सिकार सम्झियो
बेरोजगार बनाउँछ र विदेश धपाउँछ
सरकारले हाम्रा युवालाई भार सम्झियो ।