मूल प्रवाहले मात्रै सहि मार्गदर्शन गर्दै आएको छ : खनाल

  • वापीमा मूल प्रवाहका चार नगर समितिको संयुक्त सम्मेलन सम्पन्न
  • निखिल रावत

    वापि, ३–४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने चार नगर समिति वापी पश्चिम, वापी पूर्व, दमन र सिलवासा नगर समितिको संयुक्त नगर सम्मेलन वापिमा सम्पन्न भएको छ । वापि भुवन सिंह धामीको अध्यक्षता र मूल प्रवाह केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनालको प्रमुख अतित्थ्यतामा सम्मेनलनको घोषणा सभा सम्पन्न भएको हो ।

    घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष खनालले ठूला राजनीतिक पार्टीहरुले प्रवासी नेपालीहरुको विषयमा कुनै प्रकारको सरोकार नराखेको बताउनु भयो । ‘प्रवासी नेपालीहरूले २०६२–६३ जनआन्दोलनमा महत्पूर्ण योगदान पु¥याएका थिए तर, ठूला भनाउँदा राजनीतिक पार्टीहरूले सत्तामा पुगेपछि विर्सिए ।’ खनालले भन्नुभयो– ‘प्रवासी नेपालीहरुको मताधिकारको विषयलाई लिएर मूल प्रवाहले लगातार संघर्ष गर्दै आएको छ । विभिन्न समयमा नेपाल सरकार र त्यसका सम्बन्धित निकायहरूलाई प्रवासी नेपालीहरुको मताधिकारको मागलाई निरन्तर रुपमा उठाउँदै आएको छ तर सुनिदैन ।’

    ‘भारतमा रहेका विभिन्न संगठनहरुले नेपालीहरूलाई मुख्य विषयबाट भट्काएर विभिन्न लोभाउने नाराहरू उठाएर गुमराह बनाइरहेका छन् ।’ अध्यक्ष खनालले भन्नुभयो– ‘भारत प्रवासमा रहेका नेपालीहरुको सवालमा मूल प्रवाहले मात्रै सहि मार्गदर्शन गर्दै आएको छ ।’ देशमा बढ्दो भ्रष्टाचारी र अनियमितताको बारेमा पनि खनालले आफ्नो धारणा राख्नुभएको थियो ।

    घोषणा सभामा मूल प्रवाह केन्द्रीय समितिका सदस्य गोबिंद थापा, केन्द्रीय समितिका सचिव तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्की, सदस्य रमकला काउछा, श्रीधर शमा, कृष्ण कुंवर, पश्चिम भारत क्षेत्रीय सदस्य प्रविन काउछा, प्रकाश जनाला, क्षेत्रीय महिला बिभाग कि संयोजक बिष्नु माया शमा, केन्द्रीय महिला बिभाग कि सदस्य विना काउछा, रक्तिम संस्कृतिक विभागबाट सविना कुँवर लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    वापी पश्चिम :
    सम्मेलनले १९ पुर्ण, ६ वैकल्पिक ६ र सल्लाहकार गरी ३१ सदस्यीय वापि पश्चिम नगर समिति निर्वाचित गरेको छ । जस्मा : अध्यक्ष– देवेन्द्र रावल, उपाध्यक्ष– जितु ठकुल्ला, सचिव– भरत बिष्ट, सहसचिव– नविन चलाउने, कोषाध्यक्ष– दिनेश खड्का, सदस्यमाः निखिल रावत, हरी काउछा, लक्ष्मी कुंवर, भोपाल कुंवर, टंक कुंवर, पुष्कर नाथ योगि, तिलक शर्मा, पवन खड्का, ललित रावल, मोहन ठकुल्ला, रिम राना, प्रकाश ठकुरी, गोबिंद चलाउने र शंकर ठकुल्ला, वैकल्पिक सदस्यमा : देव कृष्ण परिवार, जनक ठकुल्ला, रमेश केसी, पदम केसी, बम रावल र खेम बुढाथोकी रहनुभएको छ । त्यस्तै सल्लाहकारमा भोज केसी, आरसी चन्द्र, सुरेश विक, मकर बटाला र सन्तोष चौधरी रहनुभएको छ ।

    महिला विभाग वापी पश्चिम :
    संयोजक– पवन खड्का, सदस्यहरू क्रमशः लक्ष्मी कुंवर, देविकला रावल, देविकला परियार, कल्पना परियार, निरू ठकुल्ला, तारा रावत, दुधकला बिष्ट, भजन रावल, सर रावल, मिना जैसी, मिना चलाउने, भारती चलाउने, कृष्ना चलाउने, भावना चलाउने, सरस्वती धामी, लक्ष्मी कुंवर (ख), सोनमनाथ योगी, दिव्या जोसी, नन्दा कुंवर, मनिका राना, शुष्मा थापा र पवित्र खड्का रहनुभएको छ । वापि पश्चिम नगर समिति र महिला बिभागको घोषणा केन्द्रीय समिति सदस्य गोविंद थापाले गर्नु भएको थियो ।

    वापि पुर्व :
    सम्मेलनले १५ पुर्ण, ५ वैकल्पिक ५ र सल्लाहकार गरी २५ सदस्यीय वापि पूर्व नगर समिति निर्वाचित गरेको छ । जसमाः अध्यक्ष– गन बहादुर राना, उपाध्यक्ष– चन्द्र विक, सचिव– मनोज थापा, सहसचिव– सोम सुर्यावंशी, कोषाध्यक्ष तुल्सिराम भण्डारी, सदस्यमाः सुभाष राना, देविराम सरतुंगी, खेमराज विक, इन्द्र बण्जाडे, बिष्णु माया भन्डारी, शोभा धामी, सुनिता कोली, सृजना थापा, सुशीला भण्डारी, भुमिराज शर्मा, वैकल्पिक सदस्यमाः नरेन्द्र गुरुङ, अज्य बुढा, खुसिराम विक, दुई स्थान रिक्त । त्यसैगरि सल्लहाकारमा : भुवन सिंह धामी, चेतनाथ ढकाल, भरत केसी र दुई स्थान रिक्त

    महिला बिभाग वापि पुर्व :
    संयोजक– शोभा धामी, सदस्यहरू क्रमशः सिर्जना थापा, शुसिला भन्डारी, सुनिता कोली, सिता बन्जाडा, बिमला राना, पुनम शर्मा, सरस्वती अधिकारी, मिना खत्री, धन माया ठकुरी, लक्ष्मी राई, चन्द्रीका सुर्यावंशी, माया राना, जुनि थापा बुढा, कल्पना थापा, मिना चौधरी, कोपिला कडेल, सर्मिला रसाईली, रेणुका विक र अम्बिका रानाभाट रहनुभएको छ ।
    केन्द्रीय सचिव एवं पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्कीले घोषणा गर्नुभएको थियो ।

    दमन नगर समिति :
    सम्मेलनले ११ पुर्ण, ३ वैकल्पिक ३ र सल्लाहकार गरी १७ सदस्यीय दमन नगर समिति निर्वाचित गरेको छ । जसमाः अध्यक्ष– सेर बहादुर विक, उपाध्यक्ष– निलेश आउजि, सचिव– गणेश ओझा, सहसचिव– किसन राना, कोषाध्यक्ष– सेर सिंह आउजी, सदस्यमाः धर्मराज जोसी, दुर्गा राना, वाबुराम दहित, भगत सिंह विक, सानु देउवा, महेश केसी, वैकल्पिक सदस्यमाः कृष्ण सलाम, आसमान चौधरी र दुर्गादत्त जोशी रहनुभएको छ । त्यस्तै सल्हाकारमाः नरेन्द्र नागर्जी, दिपिका नेपाली र किसन जोशी रहनुभएको छ ।

    महिला विभाग दमन :
    संयोजक– दुर्गा राना, सदस्यहरू क्रमशः सानु देउवा, अमृता विक, अग्नि देवि दहित, कमला विक, चन्दा आउजी र दिपिका नेपाली रहनुभएको छ । दमन नगर समितिको घोषणा केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव कृष्ण कुंवरले गर्नुभएको थियो ।

    सिलवासा नगर समिति :
    सम्मेलनले १३ पुर्ण, ४ वैकल्पिक ४ र सल्लाहकार गरि २१ सदस्यीय सिलवासा नगर समिति निर्वाचित गरेको छ । जसमाः अध्यक्ष– राम बहादुर थापा, उपाध्यक्ष– राजेश चौधरी, सचिव– सुरेन्द्र राना, सहसचिव– शेसराम चौधरी, कोषाध्यक्ष– मान बहादुर थापा, सदस्यमाः ज्ञनु नाथ, हर्क साह, मिना विक, पुतलि कुंवर, सिता थापा, विद्या नाथ, गोबिंद चौधरी, दिपेश लिम्बु, वैकल्पिक सदस्यमाः छोटुराम चौधरी, सुवास विक, सचिन जोशी र एक स्थान रिक्त । त्यसैगरि सल्हाकारमाः लाल बहादुर हौजाली, केम बहादुर सारू, प्रेम थापा र बिमला लिम्बु रहनुभएको छ ।

    महिला विभाग सिलवासा :
    संयोजक– विद्या नाथ, सदस्यहरू क्रमशः सिता थापा, पुतलि कुंवर, बजन्ती बिष्ट, ईसरा रावल, सिता रावल, सिता खड्का, रमा विक, कमला स्वार, भजना रावल, मनिषा रावल, केशरी थारू, बदना रावल, कबिता रावल, डम्मरा कुंवर, सारदा नाथ, भागि रावल, सनु स्वार, बिस्नु माया थापा, बिमला लिम्बु र बिन्दु मिश्र रहनुभएको छ ।

    निखिल रावतले सञ्चालन गर्नुभएको कार्यक्रममा सेर बहादुर विकले शब्दबाट र रक्तिम साँस्कृतिक कलाकारले गित संगितबाट स्वागत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार