सचिन, १८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सचिन नगर भेला सबिन चौधरीको अध्यक्षता एवं हरि गिरीको सञ्चालनमा सम्पन्न भएको छ । प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनालद्वारा भेलाको उद्घाटन भएको थियो ।
मूल प्रवाहले अनेकन समस्यामा जकडिएका नेपालीहरुलाई हरेक पाइलामा साथ दिदै मुक्तिको बाटो देखाउने काम गर्दै आएको ऐतिहासिक पृष्ठभुमि भएको बताउनु भयो । त्यसलाई अगाडि बढाउने दायित्व मूल प्रवाहको काधमा भएको वहाँको थप भनाई थियो । ‘दरिलो संगठनले त्यो दायित्व पूरा गर्न सक्छ ।’ खनालले भन्नु भयो– ‘आफ्ना व्यक्तिगत कामको साथै सामाजिक काममा पनि ध्यान दिनु पर्दछ, अनिमात्र हामी आफ्नो दायित्व पूरा गर्न सक्छौं ।’
भेलाले सबिन चौधरीको अध्यक्षतामा १३ पूर्ण ४ बैकल्पिक र ४ सल्लाहकार गरि २१ सदस्यीय सचिन नगर समितिको पूनर्गठन गरिएको छ ।
जसमाः उपाध्यक्ष– बाबुराम थारु, सचिव– नवीन गिरी, सहसचिव– करन बिक, कोषाध्यक्ष– सुन्दर अर्याल, सदस्यहरुमा हरि गिरी, सुभाष चौधरी, जानकी थापा, संगीता परियार, सतिराम चौधरी, दिपक थापा, टिल्लु चौधरी र एक स्थान रिक्त, बैकल्पिक सदस्यमा बलराम परियार, देव बुढामगर, धर्म नाथ, एक स्थान रिक्त सल्लाहकारमा इन्द्रा सोनी, तीन स्थान रिक्त ।
त्यसै गरि जानकी थापाको संयोजकत्वमा १५ सदस्यीय महिला विभागको पनि गठन गरिएको छ । सदस्यहरुमाः संगिता परियार, इन्द्रा सोनी, सावित्रा अर्याल, हिमा कुँवर, देबु साउँद, संगिता रोकाय, सितल चौधरी, दुगा बुढा मगर, सीता थापा, कञ्चन्न क्षेत्री, देवकी रोकाय, निर्मला सलामी, डिला थापा र आशा सिंह रहनुभएको छ ।
कार्यक्रममा केन्द्रिय सचीव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, केन्द्रिय सदस्य गोविन्द थापाको आतिथ्यता एवं सम्बोधन रहेको थियो ।
भेलामा अतिथिहरुको आसन ग्रहण पछि ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेटको मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो । भेलामा नवीन गिरीले अतिथि एवं सहभागीहरुलाई मन्तव्यबाट स्वागत गर्नु भएको थियो ।