तीज गीत : देशको माया

फेशबुकमा “लभ” पर्छ फेशबुकमा बिहे हुन्छ
थाहा छैन कुनबेला कस्को के हुन्छ – ३

लोग्ने श्रिमति घर बनाउने बिगार्ने भय पत्रकार
चर्तिकला देखाऊने भय झनै कलाकार _ ३

बिक्रिती र बिसङगति हेर कति बढेको
समाजमा मानिसहरू कति बिग्रेको _ ३

गाऊ त खालि थिय थिय शहर पनि खाली भय
बाऊआमाले छोराछोरी संझी रूने भय – ३

पाटी नेता बेईमानलाई छौ है हामी भिरेका
जुनै जोगी आए पनि कानै चिरेका – ३

पुराना त खराब थिए थियौ हामिले जानेका
झनै खराब बनि निस्के नयां भयका – ३

यताऊता पालैपालो देश लुटने झन भा छ
शहकारी लुटेराको ऊ च्च नाम आ छ – ३

को आयर के भयो खै जनताको बेहाल
केन्द्रदेखी प्रदेश सरकार हेरौ के हाल ? _ ३

देशको अर्थतन्त्र पनि धराशाही बनाए
देश र जनता लुटीलुटी दुःखी बनाए – ३

उठनु पर्छ दाजुभाई दिदीबहिनी मिलेर
देशको माया जगाऊन संगठित भयर – ३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार