तीज गीत : सामन्ती चलन

रूढीवादी अन्धविश्वास सामन्ती छ चलन
महिलामाथि थिचोमिचो हुन्न सहन ।।३
धर्मले नि महिलालाई भेदभाव गरेको
त्यही भएर हामी नारी पछि परेको ।।३

बोक्सेनीको आरोप लाउछन् अलक्षिनी भनेर
बाँचेका छन् नारीहरू दुःखी बनेर ।।३
समाजमा बोल्यो भने पोथी बास्यो भन्दछन्
नारीले नि समाजमा बोल्न जान्दछन् ।।३
महिला मर्दा पुरुषले अर्को बिहे गर नि
पुरुष मर्दा नारीलाई कुरुप गराउ नि ।।
नारीलाई नागरीकै होइन भन्छ धर्मले
दुःख पर्दा भन्ने गर्छन् तेरा कर्मले ।।
रूढीवादी परम्परा अन्धविश्वास त्याग्नु छ
आफ्ना बुवा आमालाई सम्मान गर्नु छ।।
रूढीवादले समाजमा छ नि जरा गाडेको
त्यही भएर हाम्रो समाज पछि परेको ।।
जन्म घर छाडेर पराई घर जानु छ
झुटा आरोप त्यहीमाथि कुटाई खानु छ।।
समान हक गराउनु छ अघि हामी बढेर
पाइँदैन अधिकार सही बसेर ।।५

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार