गुजरात वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम अन्तर्गत गुन्जन एरिया समितिको भेला सम्पन्न भएको छ । ज्येष्ठ सदस्य रिन बहादुर बिकको अध्यक्षता तथा पश्चिम भारत क्षेत्रीय सचिवालय सदस्य प्रविण काउछाको विशेष उपस्थितिमा उक्त भेला सम्पन्न भएको थियो ।
भेलामा पश्चिम भारत क्षेत्रीय सदस्य निखिल रावत, जितु ठकुल्ला, वापि पश्चिम नगर समिति अध्यक्ष देवेन्द्र रावलको पनि उपस्थिति थियो ।
भेलाले सुरज बिकको अध्यक्षतामा १३ पुर्ण ४ वैकल्पिक ४ सल्लाहकार गरी जम्मा २१ सदस्यीय गुन्जन एरिया समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– प्रेम बिक, सचिव– निम प्रसाद शर्मा, सहसचिव– गोपाल परियार, कोषाध्यक्ष– तपेन्द्र केसी, सदस्यमाः टिकाराम बिक, नगेन्द्र बिक, रोशन शर्मा, मिन बहादुर खड्का, रमेश बिक, नम बहादुर बिक, रतन विश्वकर्मा, विरेन्द्र केसी, वैकल्पिक सदस्यमाः गोपाल आउजि, एकेन्द्र ठकुल्ला, भरत धामी, रमेश र धर्मसिंह बिक रहनुभएको छ । भेलाले जनक ठकुल्ला, रिन बहादुर बिकलाई सल्लाकार चयन गरेको छ । सल्लाहकारको २ स्थान रिक्त रहेको छ ।
नवनिर्वाचित एरिया समितिलाई शुभकामना दिदै विषेष उपस्थिति हुनुभएका क्षेत्रीय सचिवालय सदस्य प्रविण काउछाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भनेको रंगि बिरंगी फुलहरुलाई एउटै ठाउँमा उइनियर माला सुन्दर माला बनाउन मदत गर्ने धागो जस्तै भएको बताउनु भयो । मूल प्रवाहले पनि पुर्व पश्चिम उत्तर दक्षिण सबै तिरका नेपालीलाई संगठनमा जोड्दै सुन्दर र सभ्य समाज निर्माण गर्ने गरेको बताउनु भएको थियो ।
नवनिर्वाचित समितिलाईत्यस्तै निखिल रावत, जितु ठकुल्ला, नगर समिति अध्यक्ष देवेन्द्र रावलले बधाई तथा शुभ कामना दिनुभएको थियो । कार्यक्रम निम प्रसाद शर्माले सञ्चालन र टिकाराम बिकले स्वागत गर्नुभएको थियो ।