आधा आकाश आधा धर्ती ओगटेका हामीलाई
समाजमा सुरक्षा छैन हामीलाई
कति बेला के हुन्छ थाहा छैन हामीलाई
डरै डरमा दिन वित्छन् हाम्रा बरिलै
आफ्नो बाटो हिड्दा पनि गिद्दे नजर लगाउछन्
नारीमाथि दिनै पछि घट्ना घटाउछन्
हुन्न अब यसरी हिंसा हामी सहन
हिंसाको विरुद्धमा हामी उठौंन ।
समाजमा हिंसा होइन समानता खोज्नलाई
हामी आफै उठ्नु पर्छ न्याय पाउनलाई
इतिहासमा कतैछैन स्वतह अधिकार पाएको
हामी भर पर्नु हुन्न कागजी कानुनको ।
कहिलेसम्म हामीले थिचो मिचो सहने
आफ्नो लागि आफै उठ्ने हामी कहिले
सबै हामी गर्न सक्छौं के काममा कमिछौ
हामी सबै मिल्यौं भने संसार बदल्छौं ।