संयुक्त हैदराबाद संयुक्त तयारी भेला सम्पन्न

हैदराबाद, २५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गतका हैदराबादका तिनओटा नगर समितिहरू उत्तर, मध्य र दक्षिण नगर समितिका नगर सम्मेलन आगामी डिसेम्बर २१ र २२ तारिक २०२४ का दिन हुन गइरहेको सन्दर्भमा संयुक्त भेला हैदराबादको सेकेन्दराबादमा सम्पन्न भएको छ ।

उक्त भेलाको उद्घाटन प्रमुख अतिथी मूल प्रवाहका महासचिव प्रेम पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा सम्बोधन गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत प्रबासमा रहने आम नेपालीहरू बिच आइपर्ने विभिन्न प्रकारका समस्याहरूको समाधान गर्दै आइरहेको हुनाले नै असल अबिभाबक भएको प्रष्ट पार्नु भएको थियो । संगठनको गौरबपुर्ण इतिहासलाई निरंतरता दिनको लागि सम्पुर्ण कार्यकर्ताहरूले आफ्नो काधमा आएको जिम्मेवारी पूरा गर्न तत्पर रहनुपर्ने बताउनु भएको थियो । कार्यकर्ताहरूको कार्यशैली र सामाजिक व्यबहारले नै संगठनको बिकास गर्न सक्ने हुनाले नै सम्पुर्ण कार्यकर्ताहरू जनतासङ निरन्तर सम्पर्कमा रहि संगठनको नीति र योजना अनि कार्यक्रमको सुचित गराइराख्नु पर्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै देशभित्रको राजनीतिक पार्टीहरू बारे चर्चा गर्दै सबै सत्ता केन्द्रीत बिचारले ग्रस्त भै भ्रष्ट भैसकेको बताउनु भयो । ‘हिजो मसालको राजनीति गलत भयो, दक्षिणपन्थी भयो भनेर आरोप लगाउने ‘स्वघोषित क्रान्तिकारी’हरू आज आफ्नो राजनीतिको गन्तव्य पत्ता लगाउन सकिरहेका छैनन् ।’ पौडेलले अगाडि भन्नु भयो– ‘आफ्ना राजनीतिक एजेन्डाहरूको बारेमा मतैक्यता छैन, प्रष्ट बिचार छैन, प्रष्ट नीति छैन, त्यसै कारण एकता अधिबेशन गर्न नपाउँदै उनीहरूको पार्टी जताततैबाट टुक्राटुक्रा हुनुपरेको छ । पद लोलुप्ता र गुतगत स्वार्थको लोभी पापीहरूले गरिरहे एकता पनि त्यसैको वलिचढ्ने देखिएको छ ।’

पार्टी संगठनमा अनुशासनको निकै ठूलो महत्व हुने पौडेलको थप भनाई थियो । यतिखेर भारतमा पनि केही संगठनहरूले ‘बालुवाको घरबाट बन्दुक देखाइ तर्साउने काम गरिरहेका छन् ।’ महासचिव पौडेलले भन्नु भयो– ‘त्यो उनीहरूको हतास मानसिकताको पराकाष्ठा हो ।’

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य भिम बहादुर थापा, केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले शुभकामना मन्त्ब्य दिनुभएको थियो।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण बहादुर थापा, पुर्व केन्द्रीय सदस्य खिम बहादुर बिक, क्षेत्रीय सदस्य राजु दुलाल, क्षेत्रीय सदस्य तथा क्षेत्रीय महिला संयोजक पुस्पा पौडेल, क्षेत्रीय सदस्य तथा साँस्कृतिक बिभाग कि संयोजक माया थापाको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन तिलक राना, बिरबहादुर बिकको अध्यक्षता, अतिथिहरूको आसन ग्रहण, वीर सहिदहरूप्रती एक मिनेट मौनधारण पश्चात् मोहनलाल शर्माले स्वागत गर्नुभएको थियो ।

भेलाले तिलक रानाको संयोजकत्वमा ३३ सदस्यीय मूल ब्यबस्थापन समिति चयन गरेको छ । त्यस्तै तिलक रानाको संयोजकत्वमा हल ब्यबस्थापन उपसमिति, सुर्य बहादुर थापाको संयोजकत्वमा २०१ सदस्यीय प्रचारप्रसार उपसमिति, तेजेन्द्रप्रसाद शर्माको संयोजकत्वमा आर्थिक उपसमिति, माया थापाको संयोजकमा साँस्कृतिक उपसमिति, गोमा रानाको संयोजकत्मा अतिथी सत्कार उपसमिति र वीर बहादुर बिकको संयोजक रहेको स्वयंसेवक उपसमिति चयन गरिएको छ । कार्यक्रमको दोस्रो शेसनको अध्यक्षता तेजेन्द्रप्रसाद शर्माले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार