सुन्नुहोला दिदीबहिनी सुन्नुहोला दाजुभाइ
म छोरीको बिलौना भन्छु सबैलाई।
बाबू आमालाई खुशी दिदै थिए मनी जन्मेकी
कैयौं सपना मनमा बोकी थिए अन्मेकी।।
बाबु आमाले दुख गरि हुर्काइ मलाई पढाए
काम गरि खान सक्ने सक्षम बनाए।
पढेकी थिए नर्स मैले कडा मिहिनेत गरेर
बिबाहका कुरा चले हुर्कि भनेर।।
छोरी बिहे गरिदिने धनी केटा खोजेर
अझै युरोप गएकालाइ गर्ने रोजेर।
त्यति मात्र कहाँ होर पि आर वला चाहिने रे
भगवानका कृपाले नै बल्ल पाइने रे।।
अमेरीकामा बस्ने केटा मलाई माग्न आएको
बा आमाले नदिएर फर्की गएको।
हामीले गरेका थिएउ फोन नम्बर साटासाट
सुरु भयो दुबैमा बिचार बाडाबाड।।
मन पर्यो हिड्न थाले दिउसै सपना देखेर
हिड्न पनि बिर्सिए भुइमा टेकेर।
त्यसैमा लागो मत अति भाग्यमानी रे
जहाजमा चढेर युरोप जानी रे।।
युरोपको ठूलो शहर भ्रमण गर्न पाउछु रे
सेटल भइ बाबा आमालाई भेट्न आउछु रे
पछि पछि बोलाउला बा आमालाई घुमाउन
छोरीका नी भाग्य लेख्नी आए जमाना।।
बिस्तारै भाइ बैनि उतैतिर बोलाउला
घरको आर्थिक अबस्था माथि उठाउला
यीनै सपना कतिका पूरा पनि भाका छन्
यीनै आसले आज मेरो ज्यान खाका छन्।।
चिन्नुहोला सबैले ममता हो मेरो नाम
यु के मा गर्थे मैले नर्सिङको काम।
सम्बन्धमा खटपट सुरुबाटै थियोे नी
अपराधीले आज मेरो ज्यानै लियो नी।
भनेकी थिए माइतीलाइ गार्हो भयो बसन
सोची सम्झी पर्दो रहेछ बिदेश पसन।
पर्ख छोरी नआत्तिअ भने बाबा आमाले
ज्वाइँ छोड्दा के भन्ला हाम्लाइ गामले?
बिबाह गर्न तयार भएका सबै बैनिहरुलाइ
एउटा कुरा भन्छु मैले सुन्नु होला है।
बाबु आमालाई सन्तान रहेछन् मुटुका टुकुरा
राम्रोसँग बुझे ऐले मैले यो कुरा।।
बा आमाको कुरा सुन्नु भोलि बिहे गरदा
हुनुहुनेछ साथमा दुख परदा।।
बिहे गरि अन्मिनु सब्य घर खोजेर
असल र डलरमा असल रोजेर।।
।समाप्त।