जसलाई आफ्नाले नै मारिरहेको छ
उसलाई अरुले बचाउलान भन्ने के आस।
कति छोरीहरुको भ्रुणनै छदाखेरी
बाबा आमा द्वारा नै गएको छ सास।।
यो सुनौलो संसार देख्नेअबसरबाट
कति छोरी बन्चित भएका छन्।
केही मात्र पहिला चोटि छोरा जन्मेर
दोस्रो छोरी भए मात्र गर्भमा जिउदा रहेका छन्।।
कानुनले त सदा भन्छ भ्रुण हत्या
दण्डनीय हुनेछ भनी।
यो बिषयमा पटक्कै गम्भीर छैनन्
बाबा आमा अनि आफन्त पनि।।
जसले छोराको आसमा कानुनलाइ लत्याएर
पैसाको बलमा भ्रुण छोरी हत्या गर्छ।
त्यही काम ठुली भए पछि अरु कसैले गर्यो
भने मेरी छोरी मार्यो भनी मुर्छा पर्छ।।
छोरी हेपिननुको जड यही छ
अन्त खोज्न कहि जानू नै पर्दैन ।
जसलाई आफ्नै रगत र कोखले नै धिक्कार्छ
त्यसलाई अर्कोले त सजिब नै गन्दैन।।
छोरीले त प्रमाणीत गरीसके
संसारभरी हामी अब्बल छौ भनि।
किन हामी अझै पनि दर्जनौ छोरीको
बलि दिन्छौ बुझ्दैनौ यति पनिरु
अब यस्ता किसिमका गल्ती गर्ने
आमा बाबा कानुनको फन्दामा आउनु पर्छ।
समाजमा भएका बुद्धिजीवीहरुले चारैतिर
छोरी बचाउ अभियान चलाउनु पर्छ।।
समाजका सबै आमा बाबामा छोरीलाई हेर्ने
दृष्टिकोणमा परिबर्तन आउनु पर्छ।
छोरी तिमिले संसार जित्न सक्छेउ भन्ने हौसला
आमा बाबा अनि आफन्तबाट पाउनु पर्छ।।
।समाप्त।