पुना पूर्व, ३ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समिति अन्तर्गत वाक्कड एरिया समितिको भेला सम्पन्न भएको छ । क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष खेमराज रावतको विशेष उपस्थितिमा सो भेलामा सम्पन्न भएको हो ।
भेलाले सुरेश केसीको अध्यक्षतामा २३ सदस्यीय वाक्कड एरिया समिति गठन गरिएको हो । जसमाः उपाध्यक्ष– मिना योगी, सचिव– भिम कुँवर, सहसचिव– इन्द्रा भण्डारी, कोषाध्यक्ष– बसन्ती बुढाथोकी, सदस्यमाः गाइत्रा योगी, सुशिला योगी, बालिका केसी, सरस्वती कुँवर, समिक्षा कुँवर, मेनुका केसी, कमल भण्डारी र बालाराम कुँवर, रहनुभएको छ । त्यस्तै वैकल्पिक सदस्यमा हेमन्ता कुँवर, ओमप्रकास भण्डारी, शिव बहादुर योगी र श्याम बुढाथोकी रहनुभएको छ । भेलाले शिवु बुढाथोकी, केदार कुँवर, रन्जिता बुढाथोकी र आनन्द कुँवरलाई सल्लाहकार चयन गर्नुभएको छ ।
नवनिर्वाचित समितिलाई नगर अध्यक्ष खेमराज रावतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।