वापी । अज्ञात ब्यक्तिद्धारा हत्या गरिएका दलबहादुर कार्कोको सामुहिक मुचुल्का तयार गरि मूल प्रवाहद्वारा अन्तिम दाहासंस्कार गरिएको छ । गुजरातको वापिमा ३० अगस्त २०२४ को राती अज्ञात ब्यक्तिद्धारा हत्या गरिएका नेपाल घर गुल्मी जिल्ला बताउने गर्दै आएका दल बहादुर कार्कीको सामुहिक मुचुल्का तयार गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र दल बहादुर कार्कीको धर्म बहिनी भान्जाहरूको उपस्थितिमा ३० अगस्तको वापिको नाम्दा समसान भुमिमा एक मिनट मौनधारण गरी अन्तिम दाहासंस्कार गरिएको छ ।
दाहासंस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति सदस्य निखिल रावत देवराज जोशी, वपि पुर्व नगर समिति अध्यक्ष गन बहादुर राना, वापि नगर समिति सदस्य मक्र बटाला, वापि पुर्व संतोष चौधरी र अन्य श्रमजिवी नेपालीहरूको उपस्थिति रहेको थियो ।
अन्तीम श्रद्धांजलि दिंदै क्षेत्रीय सदस्य देवराज जोशीले बेबारिसे अबस्थामा धेरै नेपालीहरू मृत्यु पछी भेटिने गरेको बताउनु भयो । आजसम्म मूल प्रवाहले सयौं बेवारिसे शवहरूको उद्धार गरि अन्तिम संस्कार गरेको बताउनु भयो ।
नेपालको ठेगाना र आफ्न्तहरूको जानकारी नहुँदा कानुनी र प्रशासनिक कठिनाईहरू झेल्नु परेको जानकारी जोशीले दिनु भयो । सिसिटिभी फुटेजको आधारमा एकजनालाई पुलिस कस्टडीमा लिएर सोधपुछ गरिरहेको वापि टाउन पुलिसले जानकारी दिएको छ ।