देशको तस्वीर

हेर आफ्नो तस्बिर

ऐनमा
पाउनेछौ तिमी देशको चित्र
हुदैछ यहाँ विचित्र
दुःखको पहाडले थिचिदै छ
आँधी बेहरीले उडाउँदै छ
बाढीपहिरोले बगाउँदै छ
सत्ता सरकार कानमा तेल हालिरहेको छ
आँखामा पट्टिले बाँधेको छ
आफ्नो भाषा बेचेर
धर्म बेेचेर
संस्कृति बेेचेेर
ढुङ्गामाटो खोलानाला बेचेर नपुगेर
युवाहरू बेची
रगत र पसिना लुटिरहेको छ
यो देशलाई देहावसान गराईसके
सडकको ती माग्ने के माग्ने ?
सरकारमा बसेर
भीख मागेका छन् ।
अस्तित्व छ‌ैन्
स्वाभिमान छैन्
पशु होइन पशु भन्नलाई
मान्छे होइन मान्छे भन्नलाई
हेर एकचोटी देशको तस्बिर ।

२०८१/०५/२२

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार