दशैंकाे मुखमा देश राेएकाे थियाे
बाडि पहीराेले देश अस्तब्यस्त
भएको थियाे
सयाैं,
नागरिकहरु ढुवानमा परेका थिए
लाखौंको धनजनको क्षेती भएको थियाे
तर
तिमि,
मुन्टाे निहुराई
खाता र माला थाप्दै
हाँसेका थियाै ।
तिमी फर्याै,
तिमी फर्कंदा
देशमा करिब दुई सय जनाकाे
ज्यान गएको थियाे
हामीले शाेक मनाउँदा
तिमिले
अन्तर्राष्ट्रिय विमान स्थलमा
सलामी खायौं
देश रुंदा
हाे तिमी हाँसेका थियाै ।
प्रस्न आयाे
पत्रकारले प्रस्न गरे
तिमी भन्छाै
म अमेरिका भैंसी दुएर दूध लिन गएको हाेईन
बाडि र पहीराे साेधेर आउँदैन
आपत्तिकाे बेला
सुरक्षा निकाय
आकासबाट
फुल गुछ्छाहरु खसाल्ने
सेनाका हेलिकप्टरले
दवदवे हिलाेमा फसेका
आफ्नै नागरिक लाई देख्न सकेन
हाे हामि राेईरहेकाे बेला
तिमी
पत्रकार सँग रिसाएका थियौं ।
तिमी देशका प्रधानमन्त्री हाै
या
पार्टीका नेता हाै
देश रुंदा हास्ने
र देश शाेकमा हुंदा रिसाउने
तिमी काे हाै ?
मिति :२ अक्टोबर २०२४