आगलागि पिडीतहरूलाई मूल प्रवाहद्धारा राहत प्रदान

कोचिन । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोचिन नगर समितिले आगलागिबाट पिडितहरूलाई आर्थिक सहयोग गरेको छ । समितिका कार्यकर्ताहरुको पहलमा उक्त आर्थिक चन्दा संकलन गरि पिडितहरूलाई तत्काल समस्या समाधानका लागि राहत स्वरुप सहयोग गरिएको हो ।

१ डिसेम्बर २०२४ का दिन कोचिन केरला एर्नाकुम मलयालम मनोरमाको नजिकै स्क्राप कम्पनीमा आगलागी हुँदा त्यहाँ काम गर्ने ८ जना नेपालीहरूलाई पर्न गएका थिए । उक्त समस्या बारे बुझ्न नगर समितिका अध्यक्ष गणेश पौडेल, नगर सचिब आशराम घर्ती मगर, नगर सहसचिब गणेश शर्माको उपस्थिति रहेको थियो ।

उनीहरूको तत्काल समस्या समधानका लागि कम्पनी मालिकको सहकार्यमा कोचिन नगर समितिले केही आर्थिक सहयोग संकलन गरि दक्षिण भारत क्षेत्रीय समितिका सदस्य बाबुराम केसी, कोचिन नगर समितिका सदस्य मोहन जिएम, एर्नाकुलम ए एरिया सदस्य देबराज रोका लगायतको उपस्थितिमा पिडितहरूलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार