हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
आइतवार ८ डिसेम्वर २०२४ को मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले ब्यानर खोलेर उद्घाटन गर्नु भएको हो ।
प्रशिक्षण समारोहमा पुनले सैद्धान्तिक प्रशिक्षणले कार्यक्रताहरूमा स्पष्टता ल्याउनुको साथै सहि र गलत छुट्टाउन सक्ने क्षमताको बृद्धी हुने धारणा राख्नु भएको थियोे ।
प्रशिक्षक पुनमगरले सङ्गठन, कार्यक्रर्ताको जिम्मेबारी, सङ्गठनात्मक पद्धतीलगायतका विषयहरूमा प्रशिक्षण दिनुभएको थियोे ।
कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षतामा तथा तारा सोमरेको सञ्चालनमा सम्पन्न भएको थियोे ।