रोपडमा मूल प्रवाहको प्रशिक्षण सम्पन्न

खिमराज चालिसे,

रोपड । भारतको पन्जाब रोपडमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एकदिने प्रशिक्षण कार्यक्रम डिसेम्बर ८, २०२४ आइतवारका दिन सम्पन्न भएको छ ।

केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम सापकोटाले मैनबत्ती बालेर उद्घाटन गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मुख्य प्रशिक्षकसमेत रहनुभएका सापकोटाले प्रशिक्षण कार्यक्रमको महत्त्वबारे सङ्क्षिप्तमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा क्षेत्रिय महीला संयोजक सीता सापकोटा, क्षेत्रीय जनजाति विभागका संयोजक बिलबहादुर गुरुङ, महिला नगर संयोजक हरिकला कँडेल, केन्द्रीय परिषद सदस्य मदन थापा, नगर समितिका दयाराम लामीछानेलगायतको आतिथ्य रहेको थियो ।

प्रशिक्षक प्रेम सापकोटाले दर्शन र द्वन्द्वात्मक भौतिकवादबारे, बिलबहादुर गुरुङले। धर्म, संस्कृति र जाति सम्बन्धमा, सीता सापकोटाले सङ्गठन र महिला मुक्ति आन्दोलनबारे, मदन थापाले अनुशासनबारे र दयाराम लामिछानेले जनवादी केन्द्रीयता एवम् सङ्गठनात्मक पद्धतिबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमलाई शुभकामना दिने वक्ताहरूमा क्षेत्रीय सदस्य दुर्गा लामिछाने र लक्ष्मी गुरुङ, रोपड सिटी एरियाका विष्णु थापा, नुहो कलोनी एरियाका हरिकला कँडेल, मेसबाट प्रेम थापा, सांस्कृतिक विभागकी रूपा कार्की, विद्यार्थी सङ्घकी प्रतिभा थापालगायत हुनुहुन्थ्यो ।

कार्यक्रम भीमबहादुर कार्कीको अध्यक्षता, विष्णु गुरुङको सञ्चालन तथा तिलबहादुर थापाको स्वागतसँगै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार