पाण्डेचरी मुदलियरपेटको २९ औं सम्मेलन सम्पन्न

पाण्डेचरी, २४ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत मुदलियरपेट एरिया समितिको २९औं बार्षिक सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ ।

एरिया सचिव रबि पौडेलले सञ्चालन तथा अध्यक्ष सुर्य गायकको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा केन्द्रीय सदस्य जनकराज पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सल्लाहकार चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य गोबिन्द शर्मा, नगर सदस्य जमुना शर्मा र गम बहादुर बिकले पनि अतिथि आसन ग्रहण गर्नुभए थियो ।

शहिदहरूप्रति एक मिनेट मौनधारण पछि कलाकारहरूद्वारा स्वागत गित र शिव गायकले स्वागत मन्तव्यद्धारा उपस्थित जनसमुदायलाई स्वागत गर्नु भएको थियो ।

एरिया सम्मेलनको उद्घाटन प्रमुख अतिथि जनकराज पौडेलले दिप बालेर गर्नु भएको थियो । भारतमा सङगठनको महत्व, आर्थिक र सामाजिक अबस्था र वर्तमान अवस्थामा भारतमा नेपालीहरूका समस्या र समाधानको बिषयमा सान्दर्भिक बिचार राख्नु भएको थियो ।

नगर समितिबाट गम बहादुर बिक, जमुना शर्मा, भद्र बहादुर जिसि र दक्षिण टाउन एरियाबाट दल बहादुर पुनले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

नवनिर्वाचित समितिको घोषणा जनकराज पौडेलले गर्नुभएको थियो । शिव गायकको अध्यक्षतामाः ११ पुर्ण र २ वैकल्पिक गरि १३ सदस्यीय एरिया समितिमा उपाध्यक्ष– सरस्वती गायक, सचिव– रबि पौडेल, सहसचिव– बिनोद गायक, कोषाध्यक्ष– भद्र बहादुर जिसि र सदस्यहरूमाः सुर्य गायक, माया गायक, सितल गायक, संझना गायक, रेखा गायक, तुलसि गायक, बैकल्पिक सदस्यमाः राजु गायक र लक्ष्मी गायक रहनु भएको छ । समितिको तर्फबाट अध्यक्ष शिव गायकले प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।

मूल प्रवाह केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा र क्षेत्रीय सदस्य गोबिन्द शर्माले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्नु भएको थियो भने रेखा गायकले धन्यवाद मन्तब्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार