जयपुर (भारत) । भारतको जयपुरमा मूल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रशिक्षणसँगै सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
डिसेम्बर १४, २०२४ का दिन मूल प्रवाहको जयपुर उत्तर एवम् दक्षिण नगर समितिको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगर प्रमुख प्रशिक्षक रहनुभएको उक्त कार्यक्रममा सङ्गठन र कार्यकर्ता, कला र संस्कृति, दर्शन, सङ्गठनात्मक पद्धति, जनवादी केन्द्रीयता आदि विषयमा प्रशिक्षण दिइएको थियो ।
दुवै नगर समितिका नेताकार्यकर्ताको बाक्लो उपस्थितिमा रहेको सो कार्यक्रममा प्रशिक्षार्थीबाट उठाइएका जिज्ञासाको समाधान प्रमुख प्रशिक्षक पुनमगरले राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य मोहन गिरी र बेलबहादुर रजाली, केन्द्रीय प्रतिनिधि रिम राना र हुमा रजाली, अखिल भारत नेपाली विद्यार्थी सङ्घकी केन्द्रीय सदस्य साक्षी थापाको पनि आतिथ्य रहेको थियो ।
सो अवसरमा यसै वर्षको प्रगतिशील भैलोमा निरन्तर खट्नुभएका कलाकारलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको थियो ।
कार्यक्रम नारायण ज्ञवालीको सञ्चालन, ओम थापाको अध्यक्षताबाट सुरु भएको थियो भने स्वागत मन्तव्य मङ्गलसिंह खड्काले गर्नुभएको थियो ।