हिसारमा भैलो समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

हिसार । भारतको हरियाणा राज्यको हिसारमा तिहारको देउसीभैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम डिसेम्बर १५, २०२४ का दिन सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै सेमरेले प्रगतिशील भैलोको महत्त्व सङ्घीयता विरुद्धको आन्दोलन र राष्ट्रियता एवम् जनतन्त्रसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभएको थियो ।

समारोहमा बोल्ने वक्ताहरूमा केन्द्रीय परिषद् सदस्य केहरसिंह घर्तीमगर, क्षेत्रीय सदस्यहरू लालबहादुर चुँदाली, ओमप्रकाश तिवारी, सेती राना, चन्द्रा सोमरे, सीता पोख्रेल, कमला बगाले, सांस्कृतिक विभागका दिपा लम्तरी, जनजाति विभागका मनबहादुर घर्तीमगर, महिला विभागकी दुर्गा शर्मालगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा भैलो कार्यक्रममा सहभागी कलाकारलाई केन्द्रीय सदस्य सोमरेले सम्मान गर्नुभएको थियो ।

बाबुराम पोख्रेलको अध्यक्षता तथा विष्णु गौतमको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा नन्दबहादुर लम्तरीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिम विभागका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार