अर्घाखाँची सन्धिखर्कका यामबहादुर परियारको हैदराबादमा रहस्यमय मृत्यु

हैदरावाद । अर्घाखाँची जिल्ला सन्धिखर्क स्थायी घर भएका बुवा स्मृति शेष नर बहादुर परियारका ४३ वर्षिय छोरा याम बहादुर परियार करिब १० दिन पहिले रोजगारीका लागि हैदराबादको कोकापेट भन्ने ठाउँमा रहेको एक होटेलमा काममा लागेका थिए ।

उनको यहि १५ डिसेम्बर २०२४ का दिन साझ सोही काम गर्ने होटेलमा होटेल मालिकसँग सामान्य झै झगडा भएको र होटेल मालिकले निजको ( यामबहादुर परियारको) नोकरी लगाइदिएका नाताले साला पर्ने कृष्ण परियारलाई भेटी तेरो मान्छेले लफडा गरेको छ तुरुन्तै लिएर आइज भनेको कृष्ण परियारले बताए ।

कृष्ण परियार यामबहादुर परियार रहेको स्थानमा जाँदा रसिले बाधेर स्थानीयहरुले कुटिराखेका थिए । कृष्ण अनुसार उनले छुटाएर अटोमा राखी आफू बस्ने होस्टेलमा लगेर गएका थिए र स्थानियहरुले यसरी किन कुटेका हुन ? भनेर सोधपुछ गरेको र हस्पिटल जाउँ भनेको तर यामले ‘म ठिकै छु अहिले सुतौं, भोलि जाऔंला’ भनेर सुतेको, तर बिहान करिब ५ः०० बजेतिर (१६ डिसेम्बर २०२६) ब्युझिर हेर्दा याम मृत अबस्थामा भेटिएका थिए ।

कृष्ण परियारले आफुले हैदराबादमा कसैलाई नचिनेको, कसैसँग परिचय नभएकोले निजामाबादमा रहने मृतकका दाजु र भाइ अनि आफ्नै सालाहरूलाई जानाकारी गराएछन् । जानकारी प्राप्त भएपनी के गर्ने ? कसरी गर्ने ? समाधानका लागि कस्तो प्रक्रिया अपनाउने भन्ने जस्ता प्रश्नको उत्तर नपाई अलमलमा परेको अबस्थामा निजामबाद नगर समितिका अध्यक्ष पुरन टण्डनले त्यसको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेललाई जानाकारी गराएपछि आबस्यक सर सल्लाह र छलफल गरि क्षेत्रीय समितिका कोषाध्यक्ष घनश्याम शर्मा र सहसचिव शंकर नेपाली तुरुन्तै घटनास्थलतर्फ लाग्नुभएको थियो।

त्यहाँ पुगि सबै अवस्था र परिबेशको जायजा लिएर केसलाई कानुनी प्रक्रियामा अघि बढाउनका लागि निकै संघर्ष गर्नुपरेको थियो । अन्ततः कानुनी प्रक्रिया पूरा गरि लासलाई पोस्ट्मार्टम हेतु ओस्मानिय हस्पिटल लगिएको छ भने मृत्युको कारण के हो ? भन्ने कुराको पत्ता लगाउनको लागि पुलिस प्रशासनसँग मूल प्रवाहले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार