कोयम्बटोर, १४–१५ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको ११औं र निलगिरीको ९औं सम्पन्न भएको छ । दुबै नगर सम्मेलनको उद्घाटन समारोह छुट्टाछुट्टै स्थानमा सम्पन्न भएका थिए । कोयम्बटोर समितिको सम्मेलन नगर कार्यालय सिंगनाल्लुर, कोयम्बतुरमा सम्पन्न भएको हो ।
केन्द्रीय कोषाध्यक्ष मदन शर्माले सम्मेलनको उद्घाटन गर्नुभएको थियो । जमुना पौडेलको सञ्चालन र भिमलाल शर्माको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा क्षेत्रीय समितिका खिमानन्द शर्मा, चन्द्रप्रसाद पौडेल लगायतले आतित्थ्यता गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरूको संझनामा एकमिनेट मौनधारण पछि चन्द्रदत्त शर्मा र संस्कृतिक परिवारद्वारा सहभागिहरूलाई स्वागत गरिएको थियो ।
खिमानन्द शर्मा, चन्द्रप्रसाद पौडेलले सम्मेलन सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
त्यसै गरि १४ डिसेम्बरका दिन निलगिरी नगर समितिको ऐतिहाँसिक ९औं नगर सम्मेलनको उद्घाटन समारोह निलगिरी जिल्लाको ऊटिमा समाजका महासचिव प्रेम पौडेले गर्नुभएको थियो ।
मिना हमालको सञ्चालन र टेक बहादुर बिकको अध्यक्षताबाट अगाडि बढेको सो उद्घाटन समारोहमा केन्द्रीय सदस्य भगवती पौडेल, क्षेत्रीय समितिका सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य विरे थापा, जनजाति विभागबाट लाल बहादुर थापा, महिला क्षेत्रीय विभागबाट रुपा थापा, क्षेत्रीय प्रतिनिधि जगत हमाल, विद्यार्थी केन्द्रीय समितिकी उपाध्यक्ष कस्तुरी थापा लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
ज्ञात अज्ञात शहिदहरूको संझनामा एकमिनेट मौनधारण पछि बसन्त परियार र साँस्कृतिक परिवारका कलाकारद्धारा कार्यक्रममा सहभागिहरूलाई स्वागत गरिएको थियो ।
भगवती पौडेल र धर्मराज शर्माले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
संयुक्त घोषणा सभा :
१५ डिसेम्बर २०२४ का दिन कोयम्बतुर नगर समितिको एघारौं सम्मेलन र निलगिरी नगर समितिको नबौं सम्मेलनको संयुक्त घोषणा–सभा कोयम्बतुर स्थित Hall No.2, …Geetha Hall’ Divyodaya Inter-Religious Centre, -Near Cheran Towar_ Opp. to Railway Station, Coimbatore मा भब्य र सानदार रुपमा सम्पन्न भएको छ ।
टेक बहादुर बिकको अध्यक्षता तथा चन्द्रप्रसाद पौडेलको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभा महासचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यता एवं केन्द्रीय कोषाध्यक्ष मदन शर्माको विशिष्ट आतित्थ्यतामा सम्पन्न भएको छ ।
घोषणा सभामा केन्द्रीय सदस्य भागती कुँवर, क्षेत्रीय सहसचिव धर्मराज शर्मा, क्षेत्रीय सदस्य भिमलाल शर्मा, जगत बहादुर हमाल, केन्द्रीय बिद्यार्थी बिभाग कि उपाध्यक्ष कस्तुरी थापाहरूको अतिथि आशाण ग्रहण पश्चात अतिथिहरूलाई कोयम्बतुर नगर समितिका खिमानन्द शर्मा र निलगिरी नगर समितिकी मिना हमालले अतिथिहरूलाई दोसल्ला र ब्याच लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई बिरे थापा र संस्कृतिक परिवारका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।
निलगिरी,
केन्द्रीय समितिकि सदस्य श्रीमती भगवती कुँवरले सम्मेलनद्वारा निर्बाचित निलगिरी नगर समितिका पदाधिकारीहरूको नामावली प्रस्तुत गर्नुभएको थियो । जसमा टेक बहादुर बि.क.को अध्यक्षतामा ११ पूर्ण, ३ बैकल्पिक सदस्य र ३ सल्लाहकार गरि १७ सदस्यीय समिति निर्बाचित भएको घोषणा गर्नुभएको थियो । जस्मा : उपाध्यक्ष– लोकेन्द्र विक, सचिब– मिना हमाल, सह–सचिब– धन बहादुर सुन्दास, कोषाध्यक्ष– मधु खनाल, सदस्यहरुमाः रुपा थापा, लाल बहादुर थापा, बल बहादुर विक, सिता नेपाली, कस्तुरी थापा, भिम बहादुर परियार, बैकलपिक सदस्यमाःलक्ष्मी विक, लक्ष्मी परियार र बसन्त परियार रहनुभएको छ । त्यस्तै सम्मेलनले लाल बहादुर गुरुङ, सुशिल थापा र बिरे थापालाई सल्लाहकार चयन गरिएको छ ।
कोयम्बटोर,
क्षेत्रीय सह–सचिब धर्मराज शर्माले सम्मेलन द्वारा निर्बाचित कोयम्बतुर नगर समितिका पदाधिकारीहरूको नामावली प्रस्तुत गर्नुभएको थियो । जसमाः चन्द्रदत्त शर्माको अध्यक्षतामा १३ पूर्ण, ४ बैकल्पिक सदस्य र ४ सल्लाहकार सदस्य गरि जम्मा २१ जनाको नयाँ समिति निर्बाचित भएको घोषणा गर्नुभएको थियो ।
उपाध्यक्ष– चिरन्जिबी शर्मा, सचिब– चन्द्रप्रसाद पौडेल, सहसचिब– प्रेम बहादुर हमाल, कोषाध्यक्ष– खिमानन्द शर्मा, सदस्यमाहरुमा : जमुना पौडेल, लक्ष्मीदेबी शर्मा, घनश्याम शर्मा, देबनारायण ढकाल, नरेन्द्र बहादुर थापा, भिम बहादुर थापा, बालाराम राना मगर र एक स्थान रिक्त, बैकलपिक सदस्यमाः शिमा हमाल, लिलाधर ढकाल, गोबिन्द पौडेल र गंगाधर ज्ञवाली रहनुभएको छ । त्यस्तै सम्मेलनले खिमानन्द बस्याल, बिष्णुप्रसाद रिजाल, कृष्णप्रसाद पौडेल र दिपक घर्तिलाई सल्लाहकार चयन गरेको छ ।