भिषाखापटम्, २४ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने भिसाखापटनम् नगर समितिको भेला सम्पन्न भएको छ । उक्त भेला मूल प्रवाह कि केन्द्रीय सदस्य फुलबिना पौडेलको आतिथ्यमा सम्पन्न भएको छ ।
भिसाखापट्नममा रहेका सम्पुर्ण नेपालीहरूलाई मूल प्रवाहको झण्डा मुनि गोलबन्द गरेर जानुपर्ने कुरामा फुलबिना पौडेलले भेलामा बिचार राख्नुभएको थियो । भेलाले दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय भिसाखापट्नम नगर संगठन समितिको पुनर्गठन गरिएको छ ।
जसमाः सचिव– कृष्ण पराजुली, कोषाध्यक्ष– शोभा कालाथोकी, सदस्यहरूमाः देवि पराजुली, देवि पौडेल, मञ्जु गुरुङ, प्रमिला पराजुली, मिना गिरी र हरि गिरी रहनुभएको छ ।