हिमाचलको भुन्तरमा नगर र एरिया समिति पुनर्गठन

भुन्तर । हिमाचल प्रदेशको भुन्तरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर समिति र एरिया समिति गठन गरिएका छन् । भुन्तर नगर समितिको रायसनमा डिसेम्बर २१, २०२४ का दिन आयोजित भेलामाझ नगर समिति गठन गरिएको हो ।

मूल प्रवाहका केन्द्रीय सदस्य नेत्र गुरुङको प्रमुख आतिथ्यमा अगाडि बढेको सो कार्यक्रममा हिमाचल राज्य समितिका अध्यक्ष बिरु श्रेष्ठ, सचिव भूवन केसी, मूल प्रवाहका नेताहरू सीताराम बुढा र नरेन्द्र रानाको पनि आतित्थ्य रहेको थियो ।

सुरेश गुरुङको अध्यक्षता तथा चिन्ताबहादुर पुनको सञ्चालनमा अघि बढेको उक्त भेलामा उपस्थित जनसमुदायलाई पासाङ नोर्बुले स्वागत गर्नुभएको थियो । भेलाले भुन्टर नगर समिति पुनर्गठन गरिएको छ ।

पुनर्गठित समितिको अध्यक्षमा कन्हैया चौधरी, तथा उपाध्यक्ष– कर्साङ लामा, सचिव– दिनेश, सहसचिव– राधिका लामा र कोषाध्यक्ष– मायादेवी रहनुभएको छ । जस्मा : सदस्यहरूमाः थमनबहादुर थामी, शुष्मा सदस्य, वैकल्पिक सदस्यमाः गणेश ठाकुर र मनिराम सत्याल रहनुभएको छ । त्यस्तै भेलाले सुनितादेवी र सीता ठाकुर रहनुभएको छ ।

ससै एरिया समितिमाः

भेलाले मोहन गिरी अध्यक्ष रहनुभएको एरिया समिति गठन गरेको छ । समितिमाः उपाध्यक्ष– पासाङ नोर्बु, सचिव– सुरेश गुरुङ, सहसचिव– अञ्जुली र कोषाध्यक्ष– छिरिङ, त्यस्तै सदस्यमाः सोनम, निसा गुरुङ, खगेन्द्र खड्का, मदन लाल, वैकल्पिक सदस्यमा कमला, सुनिता र किसन रहनुभएको छ । त्यस्तै चन्द्रकुमार, हास राज र सुनितालाई सल्लाहकार चयनु गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार