नेपाली प्रमाण पत्र कै आधारमा 1950 को सन्धि दिएका अधिकार उपभोग गर्न पाउनु पर्दछ : मूल प्रवाह 

  • मूल प्रवाहको नवौं बैठक सम्पन्न नवौं सम्मेलनको तैयारी एवं प्रवासी नेपालीहरूका समस्याहरू लागि संघर्षका कार्यक्रम घोषणा 
  • 12 सेप्टेम्बर 2025, नई दिल्ली
    मूल प्रवाह अखिल भारत नेपाली नेपाली एकता समाजले प्रवासी नेपालीहरूले नेपाली प्रमाण पत्र कै आधारमा 1950 को सन्धि दिएका अधिकार उपभोग गर्न पाउनु पर्दछ । त्यसको लागि संघर्ष गर्नु पर्ने आवश्यकता जोड दिएको छ । बैठकले प्रवासी नेपालीका समस्याहरू झन जटिल बदै गईरहेकोले संघर्षको बलमा नै समाधानको गर्न सकिने भएको हुदा संघर्षका कार्यक्रमहरू समेत घोषणा गरेको छ । 12 सेप्टेम्बर 2025का दिन अध्यक्ष प्रेम पौडेलद्वारा बैठकका निर्णयहरूलाई सार्वजनिक गर्न जारी वक्तव्यको पूर्ण पाठ यसप्रकारको छ ।
                                                                                                         प्रेस वक्तव्य
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय समितिको दशौं बैठक दिनांक 7 सितम्बर 2025 का दिन अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा बस्यो । बैठकका निर्णयहरू सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गएिको छ ।
    सर्वप्रथम बैठकमा भारी वर्षाका कारण उत्तराखण्ड, हिमाचल तथा पंजाब लगायतका कैयौं स्थानमा प्रकृतिक प्रकोप बाढी पहिरोका घटनामा नेपालीहरू सहितको ठूलो ज्यू-धनको क्षती भएको छ । ति घटना परि ज्यान गुमाउनेहरू प्रति एक मिनेट मौन धारण गरि श्रद्धान्जली अपर्ण गर्दै शोक प्रस्ताव पास गरियो । साथै घाईतेहरूको शीघ्र स्वाथ्यलाभको कामना गर्दछौं ।
    समितिका कोषाध्यक्ष मदन शर्मा स्थायी रूपमा स्वदेश जानु भएको हुदा वहाँले संगठनमा आज सम्म पुर्याउनु भएको योगदानलाई कदर गर्दै स-धन्यवाद समितिबाट बिदा गरियो । समितिको रिक्त रहेको सचिवमा शालिकराम आचार्य(भिवानी) र कोषाध्यक्षमा चन्द्रकान्त शर्मा(पाण्डेचेरी)लाई चयन गरियो । साथै रिक्त रहेको पूर्णसदस्यमा रतन सिंह कर्मा (हैदराबाद)लाई थप गरियो ।
    बैठकमा क्षेत्रिय समिति देखि टोल समितिसम्मका संगठनात्मक कार्यक्रम तय गरियो, विद्यार्थी, महिला, समता, जनजाति, सांस्कृतिक खेल आदी विभागका कार्यक्रम तय गरियो । साथै बुद्धिजीवीहरूको नयाँ विभाग बनाउने निर्णय गरियो ।
    नवौं अखिल भारत सम्मेलनको लागि सम्मेलन तैयारी भेला गर्ने निर्णय गरियो । सम्मेलनको मिति र स्थान तैयारी भेलाले गर्ने छ ।
    नेपाली कला-संस्कृतिको प्रचार प्रसार र सम्बर्धनको लागि हाम्रो संगठन स्थापना काल देखि नै कृयाशिल छ । अहिले नेपाली संस्कृतिमा भएको पूंजीवादी सांस्कृतिक हस्तक्षेपले हाम्रो संस्कृतिलाई विकृत बनाई रहेको छ । यो अवस्थामा प्रगतिशिल जनवादी संस्कृतिको महत्व झन बढेर गएको छ । त्यसैले आगामी तिहारमा पनि विगतमा जस्तै प्रगतिशिल-जनवादी द्यौंसी भैलो कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।
    मूल प्रवाहको स्थापना दिवस (7 नोबेम्बर2025)को अवसरमा दिल्लीमा केन्द्रिय स्तरको अन्तरकृया कार्यक्रम गर्ने निर्णय गरियो । साथै अन्य क्षेत्रमा स्थापना दिवसमा स्थानिय रूपमा एवं थप प्रगतिशिल दिवशहरू स्थानिय स्तरमा विविध रचनात्मक कार्यक्रम सहित गर्ने निर्णय गरियो ।
    भारत स्थित नेपालीहरूका समस्या दिन प्रतिदिन बढ्दै गईरहेका छन् । बैंठकमा भारत स्थित नेपालीहरूका समस्याहरू समाधानको लागि संघर्षका योजनाहरू बनाईयो ।
    भारत सरकारले आधार कार्डलाई दैनिक उपयोगी दस्तावेज बनाएको छ । आधार कार्डको अभावमा बच्चाहरूको विद्यालय भर्ना, बैङ्क खाता, मोबाइल सिम, सवारी चालक अनुमति पत्र, सरकारी तथा गैरसरकारी अस्पतालमा ओपिडी रजिस्ट्रेसन र भर्ना आदीमा समस्या परेको छ । हालै भारत सरकारले आर्थिक पारदर्शिताको लागि कर्मचारी/मजदुरहरूको वेतन बैङ्क खातामा पठाउनु पर्ने कलकारखाना तथा अन्य व्यवसायीक संस्थानहरूलाई निर्देशन गरेको छ । बैङ्क खाताको अभावमा साधारण नोकरी आदिबाट समेत नेपालीहरू वञ्चित हुनुपरिरहेको छ । लामो समयसम्म नोकरी गरी सेवा निवृत्त हजारौँ नेपालीहरूको पेन्सन आधार कार्डको अभावमा बैङ्कमा रोकिएको छ ।
    आधार कार्ड नागरिकता होईन, यो केवल बायोमेटीक प्रमाणित गर्ने नम्बर र परिचय पत्र मात्र हो । भारत सरकार कै नीति अनुसार पनि 182 दिन भन्दा बढी भारतमा बसोबास गरेका विदेशीले प्राप्त गर्न सक्छन्, तर त्यो प्रमाणित गर्न नेपालीहरूलाई सम्भव छैन । किन की नेपालीहरूको इमिग्रेसन हुदैन र सपोटिङ् दस्तावेजको रूपमा आवश्यक स्थानिय ठेगानाको प्रमाण दिनु पर्छ । रूम भाडा तिरेको होटेलको रसिद या घर बहाल सम्झौता (रेन्ट एग्रीमेन्ट)को प्रति चाहिन्छ, सानो तिनो आय भएको नेपाली त्यती लामो समय सम्म होटलमा बस्न सक्दैन र रेन्ट एग्रीमेन्टको लागि पनि आधार कार्ड चाहिन्छ । भारतमा नेपालीले नेपाली नागरिकता र नागरिकता नभए नेपाल सरकारद्वारा जारी अन्य प्रमाणपत्र कै आधारमा सरल तरिकाबाट आधारकार्ड बनाउन पाउनु पर्छ । या नागरिकता/नेपाल सरकारद्वारा जारी अन्य प्रमाण पत्र कै आधारमा 1950 को सन्धिले दिएका अधिकार उपभोग गर्न पाउनु पर्दछ ।
    उपयुक्त समस्या समाधानको लागि भारत सरकार एवं सरोकारका विभिन्न निकायहरूमा ज्ञापन पत्र बुझाउने निर्णय गरियो । त्यसै कार्यक्रम अन्तरगत भारतमा रहेको नेपाली कुटनैतिक नियोग(राजदुतावास)मा ज्ञापन-पत्र बुझाउने काम भै सकेको छ ।
    अहिले देखा परेको समस्या मध्ये दोहोरो नागरिकताको समस्या पनि एक हो, त्यसैलाई आधार बनाएर कैयौं स्थानहरूमा प्रशासनले नेपालीहरूलाई गिरफ्तार गर्ने, आर्थिक जरिवाना गर्ने, जेल चलान समेत गरिएका घटनाहरू भएका छन् । कैयौंले भारतिय नागरिकता झल्कले प्रकारका दस्तावेज भोटर कार्ड र पासपोर्ट समेत बनाएको अवस्था छ । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि कुनै पनि मानिस दुई देशको नागरिक हुन सक्दैन । कतिपय देशमा दोहोरो नागरिकताको निति भएता पनि त्यसमा मताधिकार हुदैन । त्यसैले त्यस प्रकारको अधिकारको माग गर्नु र प्रयोग गर्नु दुबै नै गलत हो भन्ने विषयमा हामीहरू प्रष्ट हुनु पर्दछ, साथै आम नेपालीहरूलाई प्रष्ट हुन अनुरोध गर्दछौं ।
    नेपालमा हुन गईरहेको अन्तर्राष्ट्रिय महिला सेमिनारलाई सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग पुÚयाउनुका साथै उक्त सेमिनारमा भारतबाट समेत प्रतिनिधित्व गराउने निर्णय गरियो ।
    लोकतान्त्रीक पद्धतीमा मताधिकार मौलिकहक हो । प्रवासी नेपालीहरूको मताधिकारको लागि हाम्रो माग र संघर्ष निरंतर नै छ, मताधिकार प्रयोगको महत्वको बारेमा आम नेपालीहरूलाई सचेत गर्ने निर्णय गरियो ।
    अन्तमा सौहार्दपूर्ण वातावरणमा बैठक समापन भयो ।
    न्यानो अभिवादन सहित
    ……….
    अध्यक्ष
    प्रेम पौडेल

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार