संघर्षको मैदानमा जुटौँ

देश बचाउन आन्दोलन चर्किरहेको छ
साम्राज्यवादी एजेन्डामा दलालले
देश खाने षड्यन्त्र भएको छ

यता छिमेकी साम्राज्यवादको क्षेत्रियतावादी एजेन्डा
खोलापारि साम्राज्यवादको जातिवादि एजेन्डा

होइन, गुलिया रसिला कुरा त धेरै धेरै आए
देश बचाउन त देशभक्तले मात्र जीवन आहुति दिए

देश त रोइरहेको छ यतिबेला पनि फेरि
उठिदेऊ सम्पूर्ण श्रमजीवी देशभक्त जनतान्त्रिक शक्ति
नबसौँ टुलुटुलु हेरी

सङ्घर्षले आन्दोलनको रूप लिदै बढेको छ अघि
मात्र देशभक्त शक्ति नेकपा (मसाल)
र राजमो मात्र देखिएको छ फेरि

आऊ सारा जन मिली सङ्घर्षको मैदानमा जुटौँ
देश खाने साम्राज्यवादलाई मिलेर हामी ठोकौँ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार