विश्व कम्यूनिष्ट आन्दोलनका धरोहर व्यक्तित्व क. स्टालिनको जीवनीमाथि नै छेडखानी !

अहिले सामाजिक सञ्जालमा कति पय साथिहरूले शेर गर्नु भएको लेखहरूलाई पढ्दा फेरी पनि कामरेड जोसेफ स्टालिनको बारेमा गहन रूपमा अध्ययन गर्नु पर्ने देखिन्छ । लेखमा कयौँ त्रुटिहरू देख्दा हामी पनि अन्दोलमा परिन्छ ।

हामीले उनको बारेमा बिभिन्न पत्रपत्रिकामा अध्ययन गरेनुसार उनको जीवनी वा उनले रुसमा गरेको संघर्षले विश्वभरीका श्रमजीवी बर्गले प्रेणा लिनुपर्ने देखिन्छ । तर कतिपय मित्रहरूले स्टालिनको बारेमा प्रतिकृयावादीहरूले उनलाई बद्नाम गर्ने र समाजवादी ब्यबस्थालाई आकारमण गर्ने मनसायले लेखेका लेखहरूलाई कोपि गरेर पस्केको पनि देखिन्छ । स्टालिनलाई विश्वका प्रतिकृयावादीहरूले सकेसम्म आकारमण गरेकाछन् । उन्लाई अहिले पनि एउटा तानाशाहको रूपमा चित्रण गर्ने प्रयात्न भै रहेकोछ । स्टालिनलाई बद्नाम गरेर विश्वको समाजवादी आन्दोलनमा समेत प्रहार गर्ने योजनाले प्रेरित विश्वका प्रतिकृयावादी नै हुन् । तर कतिपय अबस्थामा कम्युनिष्ट बिचारधारामा आस्थावान पक्षले पनि अध्ययनको कमिले ब्यापक अध्ययन नगरेर उपरिप्रकारले गरेको अध्ययनको भरमा उहि प्रतिकृयावादीहरूको लेख रचनाहरूलाई फोटो गरेर पस्केका हुन्छन् । उनीहरूको यो ब्यबहारले गर्दा कम्युनिष्ट आन्दोलनका बिद्यार्थिहरूलाई ठुलो भ्रम पर्ने गर्छ । गुगलमा सर्च गर्दा पनि उनको जन्म दिन १८ दिसम्बर १८७८ कयौं ठाउँमा १७ दिसम्बर सन् १८७९ लेखिएको पनि भेट्टिन्छ । तर हामीले अध्ययन गर्दै आएका पुस्तकहरूमा उनको जन्म दिन २१ दिसम्वर १८७९ नै छ । आधिकारिक के हो जन्म दिनको बारेमा पनि बिभिन्न बुद्धिजिविको अलग अलग तर्कछ । अहिले पनि साथिहरूले उनलाई बुझ्ने र बुझाउँनेमा धेरै अस्पष्टता देखिन्छ । कामरेड स्टालिन एकजना माक्र्सवाद–लेनिनवादका सच्चा सिपाहि थिए ।

कृपया ईतिहासलाई जस्ताको त्यस्तै लेखेर जनतामा पुराउँनुपर्छ । कुनै पनि दार्शनिकको जीवनको यथार्थलाई गहिररी अध्ययन गरेर मात्र अरूलाई पनि बुझाउँ । हामी सबैले बुझ्ने भनेको बिभिन्न पत्रपत्रिकाको अध्ययन गरेरनै हो । ईतिहासलाई चाहेर पनि कसैले नष्ट गर्न सक्दैन । हामीले गरेको पुस्तिकाको अध्ययनबाट पनि कमि हुनसक्छ । कृपया सत्य र तथ्यको पत्ता लगाएर सबैलाई शिक्षित बनाउँ ।

२१ डिसम्वर सन १८७९ मा तिफ्लिस प्रान्तको गोरिएर नगरमा उनको जन्म भएको थियो । ‘जोसेफ स्टालिनको संक्षिप्त जीवनी ।’ उनका पिता बिसारिओन ईवानोविक द्धजुगासविलि त्यहि प्रान्तको डिडि–लिलो गाउँबाट आएका एउटा किसान परिवारका जर्जियालि थिए । भनिन्छ उनको परिवार त्यो बेला धेरै गरिब थियो र पेसाले उनीहरू सार्कि थिए । पछि तिफलिस स्थित एडेल्खानोव जुत्ताको कारखानामा उनको पिता मजदुर भए । उनिक आमा इकातेरिना जार्जिवानको जन्म गम्वारियुली गाउँमा गेखाद्जे नामक एउटा किसान भुदास परिवारमा भएको थियो ।

सन १८८८ को शरदयाममा स्टालिन गोरिमा पादरी स्कूलमा भर्ना भएका थिए । त्यहाँबाट सन १८९४ मा तिफलिसस्थित कटरपन्थी आध्यात्मवादी पाठशालामा भर्न लिनपुगे । त्यो वेला उद्योगिक पुँजिवादको बिकास र मजदुर आन्दोलनको बृद्धि सँगसँगै रूस भरिनै माक्र्सवादको ब्यापक प्रचार प्रसार थियो । का. लेनिनद्वारा स्थापना र नेतृत्व गरिएको मजदुर बर्गको मुक्तिका लागि सेन्ट पिटर्सवर्ग संघर्ष लिगले देशभरीमा नै सामाजिक जनवादी आन्दोलनको बिकास गर्दै थियो । मजदुर आन्दोलनको लहर ट्रान्सककेशियासम्म फैलियो । किन भने त्यहाँ पुँजिवादले जग बसालि सकेको थियो।जातिय र औपनेबेशिक थिचो मिचोको ठुलो बोझ परेको थियो । ट्रान्सककेशिया एउटा आर्थिक दृष्टिले पछ्यौटे,कृषि(प्रधान देश थियो।त्यहाँ सामन्तवादका अबशेषहरू अत्याधिक बलिया थिए । त्यहाँ असंख्य जातिहरू मिसिएर रहेकाथिए र यो बिशिष्ट जारशाहि उपनिवेश थियो ।

उन्नाईसौं शताब्दिको आखिरी पच्चिस बर्षमा मजदुर किसानहरूको बर्वर शोषण गर्दै र जातिय तथा औपनिवेशिक थिचो मिचोलाई चर्काउँदै ट्रान्सकके शियामा पुँजिवादको छिटो छिटो बिकास हुनथालेको थियो । खास गरेर खानी उद्योग र तेल निकाल्ने तथा शुद्ध पार्ने उद्योगहरूको छिटो बिकास भयो । जस्तै जस्तै पुँजिवादको बिकास हुँदै गयो मजदुर आन्दोलनको पनि बिकास हुनथाल्यो । सन १८९०–९९ को अभदिमा ट्रान्सकके शियामा निर्वासित भएका रसियाली माक्र्सवादिहरूले त्यहाँ क्रान्तिकारी कार्य चलाएका थिए । त्यसताक तिफिल्सका कटरपन्थी आध्यात्मवादी पाठशाला त्यसको केन्द्र थियो । पाठशालामा ईसाई धर्मको साशनले गर्दा पनि स्टालिनमा बिरोधि भावना जाग्यो र माक्र्सवादको अध्ययन गर्न थाले । उनले १८९६–९७ मा स्टालिनले पाठशालामा माक्र्सवादी अध्ययन मण्डलको नेतृत्व गरे ।

१८९८ अगस्तमा बिधिवतरूपले उनी रसियालि सामाजिक जनवादी मजदुर पार्टीको तिफ्लिस संगठनको सदस्य बनेका थिए । उनको कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक भूमिकाछ । त्यसलाई कसैले लुकाएर अथवा बंगाएर मेटाउँन सक्दैनन् । स्टालिन कलिलैमा माक्र्सवादको सम्पर्कमा आएर क्रान्तिकारी आन्दोलनमा कुंदे । रूसको महान अक्टुवर समाजवादी क्रान्तिका नायक कामरेड लेनिन सन १९२४ मा दुखःद निधन पछि करिब चारबर्षसम्म ट्रास्किसँग संघर्ष पछि रूसको सत्ता सम्भालेका स्टालिनले सन १९२८ मा प्रथम पंचबर्षिय योजनाको सुरूवात गरे । उनले आफु जीवीत छँदासम्म लेनिनको समाजवादी ब्यबस्थालाई संस्थागत गर्न कुनैपनि कसर छाडेनन् । वास्तबमा विश्वका प्रतिकृयावादिहरूले उनलाई एकला पार्न ठुलो प्रयास गरे तरपनि उनी कसैसँग झुकेनन् । महान समाजवादी शोभियत रूसलाई एउटा बिकासको मिसाल बनाएर छाडे । उनको ७४बर्षको उमेरमा सन १९५३ को मार्च पाँचमा निधन भएको थियो । त्यसपछि आएको ख्रुश्चेभले रूसमा पुँजिवादको पुनर्निमाण गरेर मौका परस्त पुँजिवादहरूलाई खुसि पारेका थिए ।

का.स्टालिनको बारेमा धेरै भ्रमहरू सिर्जना गरिएकोछ। उनले आजिवन बर्गसंघर्ष गरेर निर्वासित र जेलको कठोर जीवन बिताए तरपनि कहिले झुकेनन् । तर बिड्मबना उनको बारेमा कयौं लेखकहरूले पनि बेग्ला बेग्लै जीवनी लेखेकाछन् । उनको जन्म दिन समेत २१ दिसम्बर १८७९ लाई बंगायर १८ दिसम्बर सन १८७८, पनि उल्लेख गरिएको छ । कृपया ईतिहासलाई जस्ताको त्यस्तै लेखेर जनतामा पुराउँनुपर्छ । कुनै पनि दार्शनिकको जीवनको यथार्थलाई गहिररी अध्ययन गरेर मात्र अरूलाई पनि बुझाउँ । हामी सबैले बुझ्ने भनेको बिभिन्न पत्रपत्रिकाको अध्ययन गरेरनै हो । ईतिहासलाई चाहेर पनि कसैले नष्ट गर्न सक्दैन । हामीले गरेको पुस्तिकाको अध्ययनबाट पनि कमि हुनसक्छ । कृपया सत्य र तथ्यको पत्ता लगाएर सबैलाई शिक्षित बनाउँ । वास्तबिक रूपमा दिसम्वर सन १९७९ मा जन्मिएका जोसेफ स्टालिन गरिब बर्गको लागि गरिएको महान अक्टुवर क्रान्तिको उपलब्धिलाई संस्थागत गर्न उनले ठुलो र समझौता हिन गरेको संघर्ष कारणले नै विश्वका प्रतिकृयावादी तथा संसोधनवादीहरूले उनलाई बद्नाम गर्दै आएका छन् ।

सन१९५६मा ख्रुश्चेभद्वारा समाजवादमाथिको हमला र पुँजिवादको पुनरजन्मले हामीलाई त्यहि बताउँछ जो हामीले बारमबार भन्दै आएकाछौं । नेतृत्व गलत ब्यक्तिको हातमा जादा बित्तिकै समाजवादलाई पुँजिवादमा प्रणित गरे । त्यसैले कामरेड स्टालिनको संघर्षकको आज पनि ठुलो र ऐतिहासिक अर्थ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार