बरु अन्तै गएका भएपनि हुन्थ्यो,
रगतमा पौडी खेल्नेहरु नै रोज्यौ।
गलाको माला फूलको सुगन्ध हैन,
हजारौंको रगतको दुर्गन्ध खोज्यौ।
पैसाको पद होकी घिन नै आउँछ,
घर न घाटको हुन्छौ कि पिर लाउँछ।
कहिलेदेखि साँठगाँठ थियो तिम्रो,
एउटा फूलको मालामा बिक्नेहरु ।
धमिरोले झैँ भत्काउने जमर्काे गर्यौ,
घरमै बसी घर भत्काउनेहरु ।
आखिर नियम त्यहाँ नी मान्नै पर्ला,
होसियार दुधको माखो झैँ फाल्ला।
अलि धेरै अड्यार बस्नु त्यो कुर्सी,
सेखी गरे जस्तो मालामा छैन फुर्ती।
नढाँट जनतालाई कती मुठो पायौ,
कस्तो सर्वहारा पार्टी तिमीले पायौ।
अनुशासन मान्न नपर्ने पार्टी पायौ,
धोका मित्रलाई साइनो उता लायौ।
थाहा थियो तिमी अराजक नै थियौ,
नसोच्नु हामीले तिम्रो नै पीर लियौँ।
धमिरो हट्नु नै थियो तिमी हट्यौ,
तिम्रो भ्रमको त्यो पर्दा पनि हट्यो।
तिमी गिर्यौ उनको नजरमा पनि,
तिम्रो सम्मान गर्ने नजरमा पनि।
क्रान्तिपथ रोकिँदैन सुदृढ हुन्छ,
वर्ग संघर्षको आँधी नभमा हुन्छ।
अवसरवादका किल्ला भत्कन्छन्,
कायर युद्ध मैदानबाट भाग्छन्।
योद्धाहरु चुनौति स्वीकार गर्छन,
जित पक्कै युद्धबीरले नै गर्छन् ।