अहिलेको भिषण पुँजिवादी र प्रतिकृयावादीहरूले कम्युनिष्ट आन्दोलनलाई धराशाही पारेको बेला विश्वमा कम्युनिष्ट दार्शनिकहरूको जीवनीको अध्ययनले ठुलो अर्थ राख्छ । त्यसमा पनि मालेमा बिचारधाराको अध्ययनले कम्युनिष्ट आन्दोलनलाई टेवा पुग्नेछ । मैले माथि भनेको जस्तो पुँजिवाद वा प्रतिकृयावादले कम्युनिष्ट आन्दोलनलाई धरासाही पारेको भनेता पनि यसमा प्रमुख हात कम्युनिष्ट आन्दोलन भित्र लुकेर बसेका अवसरबादहरूको हात बढिछ ।
केहि हामीमा अध्ययनको कमि केहि अहिलेको बस्तुगत अबस्थाले विश्वमा कम्युनिष्ट आन्दोलनका दुश्मनहरूलाई फाईदा मिलेको विषयलाई नकार्न कसैले पनि नसक्ला । अहिलेको अबस्थामा सच्चा कम्युनिष्ट बन्न त्यति सजिलो पनिछैन त्यसको लागि आजिवन आत्म त्याग र भौतिक बलिदानको लागि तैयार हुनुपर्छ । त्यो अहिलेको अबस्थामा हरकसैलाई पनि त्यति सजिलो विषय होईन । जसलाई स्वयं हाम्रो देशको सात दशक लामो कम्युनिष्ट आन्दोलनले पनि पुष्टि गरिसकेको छ । आज रक्षात्मक अबस्थामा रहेको विश्व कम्युनिष्ट आन्दोलनलाई बिउको रूपमा बचाउँनु पर्ने जिम्मा सच्चा कम्युनिष्टलाई ईतिहासले जिम्मा दिएको छ । यो अबस्थामा विश्व श्रमजीवीका नेता नयाँ जनवादी क्रान्तिका जनम दाताको रूपमा चिन्निनु भएका कामरेड माओ त्सेतुङको छोटो परिचयले पनि थोरै प्रेणा मिल्न सक्छ ।
आज हाम्रो देश र विश्वमा पनि कम्युनिष्ट पार्टी बिभिन्न हांगाबांगामा टुक्रिएर संशोधनवादी बाटो छोप्दै पतनको संघारमा पुगेर लोप हुँदै गयको अबस्थामा पनि कयौं देशहरूमा नयाँ सिराबाट कम्युनिष्ट बिचारधाराको रक्षा गर्दै मालेमा बिचारधारा अपनाउँदै आएकोले पनि कम्युनिष्ट आन्दोलनको भबिश्य उज्वल भएको पुष्टी गर्दछ । स्वयं दार्शनिकहरूले आफै पनि कम्युनिष्टका दुश्मन अवसरबादी र संशोधनवादी आकारमणको विरूद्धमा निर्मम संघर्ष गरेको थुप्रै उधारणहरू छन्। कामरेड माओले आफै पनि आफ्नै ब्यबस्था भित्र लुकेर बसेका बिभिन्न खाले मौकापरस्त प्रतिक्रान्तिकारीहरूको विरूद्धमा सांस्कृतिक क्रान्ति शुरू गरेका थिए ।
चीनमा कामरेड माओले छोंटो समयमै नौलोजनवादी क्रान्तिलाई सम्पन्न पारेर चीनको जनतालाई एउटा नयाँ ब्यबस्था प्रदान गरे । उनले चीनलाई मात्रै होईन विश्वभरीका क्रान्तिकारी जनताहरूलाई मालेमाको नयाँ बिचारको प्रतिवादन गरेर देखाएका थिए ।
हुनान प्रान्तको स्याङथान सियान भन्ने ठाउँको शाओशान गाउँमा २६ दिसम्वर १८९३ मा जन्मिएका माओका पिता माओ सुनशाङ र आमा वेन छि– मेई थियो । उनी गरिब किसान थिए, उनलाई चर्काे रिणले थिचे पछि सानै उमेरमा उनी सेनामा भर्ति भएका थिए । उनी धेरै बर्षसम्म सेनामा सिपाईको जागिर खाए । पछि उनी गाउँमा फर्किएर साना तिना ब्यपार गर्नथाले र पैसा जोगाउँदै गए पछि बल्लतल्ल आफ्नो जग्गालाई फिर्ता लिए । त्यो बेला उनी मध्यम बर्गका किसान बन्न पुगे त्यो बेला उनी पन्द्र मू जग्गाको मालिक बने । उनले आफ्नो खेतमा मिहेनत गरेर त्योबाट उत्पादन भएको अनाज बेचेर उनी धनमान बन्दै गए । उनले पछि जमिन नकिने पनि अरूका जमिनहरू बन्दगि राख्ने जस्ता सामन्ति कृयाकलापहरू गर्दै गए । उनले अन्न ओसारपसार गर्ने पनि गरे यसरी उनी एउटा धनि किसानको रूपमा देखिनथाले । कामरेड माओले सानैदेखि शिक्षाको अवसर प्राप्त गरे तर त्यो बेलाको बुजुर्वा कनफुसियश पढाईमा उनको चासो थिएन । उनको पिताले छोरा ठुलो हाकिम हौस् भन्ने चाहान्थे भने आमाले बुद्धको अनुवाई हौस् भन्ने चाहान्थिन तर त्यसबेको बस्तुगत अबस्थाले माओलाई उनीहरू दुबैको चाहाना बिपरित त्यो ब्यबस्थाको विद्रोही बनाई दियो । स्वयं आफ्नै घरबाट माओले विद्रोह सुरू गरे, आफ्नो पिताको सामन्तवादी बिचारको बिरूपद्धमा उनले किसान र मजदुरको पक्षमा संघर्ष गरे ।
चीनमा त्यो बेला डा. सनयात सेनको नेतृत्वमा राष्ट्रिय संघर्ष उठि रहेको थियो । सन १९११को क्रान्ति र १९१९ मई ४को आन्दोलन जस्ता घटनाहरूले चीनिया युवाहरूमा अपार देशभक्ति र प्रजातान्त्रिक भावनालाई जन्माएको थियो । युवा विद्यार्थी कामरेड माओ पनि त्यो प्रभावमा परे । उनले पढाई आफ्नो चाहाना अनुसारको हौस् भन्ने उदेश्यले उनी गाउँ छाडेर शहर तिर लागे । बिभिन्न गुप्त एवं क्रान्तिकारी संगठनहरूको संघर्षको नजिक रहँदै अगाडि बढे ।
उनले सनयात सेनको बिचारलाई अध्ययन गरेपछि माओलाई लाग्यो चीन नयाँ बाटोमा डोराउँन सनयात सेनका बिचार अप्राप्तछन् । उनले अन्य साथिहरूलाई जुटाएर सन १९२१ मा कम्युनिष्ट पार्टीको स्थापना गरे । उनलाई हुनान प्रान्त मै पार्टीले खटायो । कामरेड माओले किसानहरूलाई मजदुरको सहयोगी नबनाएर चीनीया समाजलाई परिवर्तनको बाटोमा डोराउन नसक्ने कुरा बताए । उनले चीनीया समाजमा आफ्नै प्रकारको बिशेषता भएको महेशुर्ष गर्दै मजदुर क्रान्तिद्धारा साम्राज्यवादलाई परास्त गर्न सकिन्छ भन्नु भन्दा अधिकांश किसान शोषित पिडित मजदुरलाई जगाएर उनीहरूमा बर्ग चेतना दिएर मजदुर किसान एकताको आधारमा दिर्घकालिन शसस्त्र कृषि क्रान्ति सम्पन्न गर्नुपर्दछ भनेर । चुनयी सम्मेलनले माओका बिचार र बर्ग दिशालाई स्विकार गर्यो । सन १९४० मा कामरेड माओले नयाँ जनवादको बारेमा रूपरेखा तैयार पारे ।
वास्तविक रूपमा कामरेड माओले चीनको त्यो बेलाको अबस्थालाई गहन अध्ययन गरेर त्यहाँ एकै चोटी रूसको जस्तो समाजवादी क्रान्ति हुन नसक्ने बताए । नौलो जनवादी क्रान्तिको रूपरेखा कोर्दै आफुले गर्न खोजेको नौलो जनवादी ब्यबस्थ मूलतः पुँजिवादी ब्यबस्था भए पनि यो ब्यबस्थामा ठिक पुरोनो जनवादको उल्टा हुने कुरा बताए । जसले गर्दा गरिब मेहनत कस बर्गको वास्तविक हितलाई खयाल गरेर सर्वहाराको नेतृत्व र मेहनत कस बर्गको अधिनायकत्व हुने बताएकाछन्् । त्यो मात्रै होईन कामरेड माओले सन १९४९ मा चीनलाई त्यो ब्यबस्था हस्तानतर गर्न सफल भएका थिए ।
कामरेड माओको भनाई र चीनमा उनले अपनाएको उधारणहरू प्रष्ट हुँदाहँुदै उनको नयाँ जनवादलाई बंगायर बहुदलिए जनवादलाई नै नौलोजनवाद भन्दै हिंड्ने संशोबादीहरूको कमि छैन । कामरेड माओलाई बद्नाम गर्न उनीजिवित छँदा पनि प्रयात्न गरिएको थियो ।
कामरेड माओले सन १९६६ मा देखि घरेलु तथा अन्तर्राष्ट्रिय कारणले उन्ले ‘एतिहाशिक साँस्कृतिक क्रान्ति’ सुरू गरेका थिए, तर त्यो पनि लिन प्याओ र च्याङ छिङका दुईवटा गुटद्वारा सञ्चालन भएकाले कामरेड माओले चाहेको जस्तो हुन सकिन । आखिरमा कामरेड माओको ९ सेप्टेमर १९७६ मा निधन भएको थियो । उनी मरेपछि तुरून्तै चीनमा प्रतिक्रान्ति भएको थियो ।
एउटा महान क्रान्तिकारीलाई भद्नाम गर्न आज पनि लगातार कोशिस गरिंंदै छ । प्रतिकृयावादीहरूले त सिधै आकारमण गर्छन् तर आफुलाई कम्युनिष्ट क्रान्तिकारी भन्नेहरूले समेत माओको छत र छाँयामा बसेर स्वयं माओका जरा काट्न कुनै कसर छाडेका छैनन ।
जहिले पनि कम्युनिष्ट आन्दोलनलाई प्रतिकृयावादीले भन्दा पनि स्वंय कम्युनिष्ट भित्र लुकेर बसेको अवसरवादीहरूले बढि नोक्सान पुराएको कुरा कसैबाट लुकेको छैन । पुँजीवादी ब्यबस्थामा सुख सुबिधा बिना पैसा प्राप्त हुँदैन । त्यो मात्रैहोईन मानवलाई आधारभुत आबस्याकताको बस्तु पैसाको बलमा मात्र प्राप्त हुने भएकोले पुँजिवादलाई कम्युनिष्ट आन्दोलनमा दरार पार्न यहि हथियार सबैभन्दा उपयुक्त देखिन्छ । त्यसैले कम्युनिष्टलाई कुनैन कुनै सहयोगको बहानामा धरासाहि पार्न बिशेष गरेर एन जिओ र आई एनजिओले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका छन्् । हाम्रो देशमा पनि कम्युनिष्ट आन्दोलनलाई बेला बखतमा पुँजिवादले यहि ब्यबहार अपनाएर कम्युनिष्टलाई टुक्राटुक्रा पार्दै आएको छ । अहिले मालेमाप्रति भिषण हमला भएको बेला माओ त्सेतुङ लगायत तमाम क्रान्तिकारी दार्शनिकहरूको जीवनी वा उनील दिएको योगदानले ठुलो महत्व राख्दछ ।
२२ डिसेम्बर २०२१