ईतिहास बिर्सदै गए पछि
सोचन शक्ति गुम्दै गए पछि ,
जे मनमा उठ्यो त्यही निर्णय
सामाजिक संजाल तिम्रो क्रान्ती
भ्रम को खेती छाडि देउ तिमी ।
५०औं बर्ष लगानि गरे भन्छौ
क्रान्ति हुन सकेन भन्छौ ,
नब आगन्तुलाई ललिपप देखाई
अति क्रान्तिकारिको बिद्या सिकाई
भ्रम को खेती छाडि देउ तिमी ।।
परिस्थितिको ब्यख्या नै छैन
रणनीतिको कुनै योजना छैन ,
बिरोधाभाष को राजनीति बोक्यो
गुटबन्दी र अराजकलाई क्रान्तिकारी देख्यो
भ्रम को खेती छाडि देउ तिमी ।।।
अध्यन बिनाको समर्थक शक्ति
रेकर्ड को आधारमा बर्बराउन सक्दछ ,
गलत शिक्षा , निर्देशनमा प्रेरित
आफैलाई बिर्सी पोखिन सक्दछ
भ्रम को खेती छाडि देउ तिमी ।।।।
कसैको लहडमा नहिड तिमी
आफ्नो स्थान सुरक्षित गर ,
बिचार को दरार छुट्टाउ तिमी
संघर्ष नै जिबन स्वीकार तिमी
भ्रम को खेती छाडि देउ तिमी ।।।।।
झुठ प्रचार बाजि छाेडि देउ तिमी
चरित्र हत्या रोकि देउ तिमी ,
फर्केर हेर ईतिहांस को पाना
सच्चाईको आंट बिउंझाउ तिमी
सजिलो छैन क्रान्तिमा जान ,
भ्रम को खेती छाडि देउ तिमी