हाम्रो सहयात्रा

लामु यो सहयात्रा हाम्रो चोवालिस सालबाट चल्दैछ,
शंघर्षगर्दै यहि जीन्दगि पञ्चायती कालबाट चल्दैछ।

एक्लो यात्रामा साथ दिएर एकअर्काको मर्म बुझेसी,
एक रथाका दूईपाङ्ग्राझैं मायाँको प्रखालबाट चल्दैछ।

हामिले त दुःख र सुखलाई घाम र छांया जस्तै ठान्यौं,
भएन कुनै धनसम्पत्तिको मोह उस्तै हालबाट चल्दैछ।

आफ्नो ईतिहासको कथा कसैले लेख्छ लेख्दैन केथा,
हाम्रो जीन्दगानी त संसारको देखेर बबालबाट चल्दैछ।

चौंतिस बसन्तलाई पार गर्दैछ सहयात्राको संघर्ष हाम्रो
एकले अर्कालाई जोगाउँने बनेर यो ढालबाट चल्दैछ।

हामीमा आएन परिवर्तन आउँथे ज्वाहारभाटाहरू पनि,
उडाउन सकिन हुरि र बतासले उस्तै चालबाट चल्दैछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार