पार्टी फुटाउन नहिड साथि 

रवी पौडेल

साथि पार्टी फुटाउन नहिड साथि
तिम्रो पनि मेहनत परेको छ
पार्टी फुटाउन नहिड साथि
तिम्रो पनि पसिना बगेको छ ।

तिम्रो याेगदान लतपतिएकाे छ
इतिहास बनेको छ साथि !
अाठाै महाधिवेशन काे बास्तबिकता भन्दै
कति भ्रम छर्छाै ?
समन्वय समिति भन्छाै
समानान्तर समिति गठन गर्छाैं ?
अाखिरि के का लागि साथि ?

कार्यबाहि गरेकाहरु समिति बनाउदै हिडेकाे
बल्ल देखियो
पार्टी फुटाउने चर्तीकला पनि छर्लङ्गै  देखियो
बास्तबिकता १, बास्तबिकता २, बास्बिकता ३-४
कति शक्ति खर्च गर्छाैं साथि
महाधिवेशन त अभिन्न अंग हाे
कसैले केही गर्न मिल्दैन साथि !

एक बर्ष समन्वय समिति बनाउदै हि्छाै साथि
समानान्तर समिति कति हुन्छन ,गिन्ति गर्छाैं साथि
कति असन्तुष्ट र अनुशासन बिहिन रहेछन
हिसाब पनि पाउछाै साथि
त्यसैको अाधारमा सुईकुच्चा ठाेक्छाै साथि
नक्कली क्रान्ति का कुरा कति खाेक्छाै साथि ?

इतिहास बनेको छ समग्र अान्दोलन काे
बलिदान मिसिएको छ क्रान्ति बिरहरुकाे
सहिदको सपना अधुरो बनेको छ
इमानदारि पुर्बक भन्छु म पार्टी नफुटाउ साथि !

ईमानदार कार्यकर्ता पार्टी छाेड्दैन साथि
बिस्वास दिलाउनेहरु घात गर्दैनन् साथि
बेइमानी काे कुनै जात हुदैन साथि
झुटा कुरा  गर्नेहरू लाई कसैले साथ दिदैन साथि !
त्यसकारण ,
म भन्छु
पार्टी फुटाउन नहिड साथि !!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार