हिसाब किताब चाहिन्छ

जित्छौ तिमी चुनावमा राष्ट्र रहेमात्र
भारतीय सेना कालापानी बाट फिर्ता गएमात्र,
जस्ले गर्छ राष्ट्रघात उसलाइ फासि देउ
राष्ट्रघाती एमसीसी जरैदेखि मासी देउ ।

घोटाला भ्रष्टाचार को हिसाब किताब चाहिन्छ
देश बेचि डलर खान अव कहा पाइन्छ
अति भयो अति भयो सहने अब कती
यो देशबाट खेद्नै पर्छ अब एमसीसी भन्ने जति ।

उठ किसान उठ मजदुर हतियार बोकि
बिदेशी सैन्य यो देशमा आउनबाट रोकि
फर्क ए परदेशी दिदिबहिनी फर्क दाजुभाई
देश जोगाउनु विनम्र गर्दछौ स्वाभिमानीलाई ।

थाहा हुन्न अनुमति विना सड्क विस्तार हुँदा
वेखवर छ सरकार जनताको मनमुटु छुँदा
सुटुक्क बेच्यौ कि कसो किन मौन बस्यौ
नेपाल आमाको छातीमा किन छुरा धस्यौ ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार