भावनगर सुंग्रा । हिमाचल राज्यको किन्नो जिल्लाको भावनगर सुंग्रास्थित भावभेली सम्पर्क मार्गमा मारुती अल्टो ८०० को दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । जसमा दुई जना नेपाली श्रमिकहरु रहेको बुझिएको छ ।
जस मध्य एक जना कालीकोट साविक धौलागोहा गाविस वडा नंम्बर ७ निवासी कल्चु कामीका ३४ वर्षीय अनन्त कामी र दैलेख जिल्लाका सेतीरामका छोरा वर्ष १९ का सुनिलको रुपमा पहिचान खुलेको छ । कामीको नेपाली नागरिकता प्रमाण पत्र भेटिएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालयमार्फत घर परिवारको खोजविनका लागि अनुरोध गरिएको थियो ।
मूल प्रवाहको पहलमा स्वदेशमा मृतक कामीको घर परिवारलाई सम्पर्क भएको छ । मृतक कामीको परिवार पर्सि विहिबारसम्म भावनगर सुंग्रा पुगेपछि कामीको दाहसंस्कार हुने बताइएको छ । गाडी ३०० मिटर तल नदिमा पुगी आगलगी भएको थियो ।