विजयवाडा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा आन्ध्रा प्रदेशको विजयवाडामा मृत भेटिएका एकराज कोइरालाको दाहासंस्कार गरिएको छ । एकराज स्वर्गद्वारी नगरपालिका वडा न. ६ बेलबास निवासी डिलाप्रसाद कोइरालाका छोराको रुपमा पहिचान स्थानीय प्रशासनले दिएको थियो ।
सामाजिक सञ्जाल मार्फत तामिलनाडुबाट मिलन सिंह नामका प्यूठान निवासी एकजना व्यक्तिले मूल प्रवाहको केन्द्रीय कार्यालयमा जानकारी दिए पछि सो घटनाको छानविनका लागि समाजको मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले क्षेत्रीय सदस्य राजकुमार रायमाझीलाई निर्देशन गर्नुभएको थियो । बर्ष २८ का एकराज कोईरालाको शव लाबारिस अबस्थामा आन्ध्रा प्रदेशको शहर बिजयवडामा रहेको फोहर मैला जम्मा गर्ने स्थानको नजिक अबस्थामा आन्ध्रा प्रदेश पुलिसले फेला पारि नियन्त्रणमा लिएको थियो ।
मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य राजकुमार रायमाझी, क्षेत्रीय प्रतिनिधि नरेन्द्र पुन र रत्न बहादुर पोख्रेलले तुरुन्तै पुलिससँग सम्पर्क गर्नुभएको थियो । तर लाबारिस अबस्थामा फेलापरेको शवको खोजिनीति गर्ने क्रममा पहिचान र आफन्तहरुसँग सम्पर्क भैसकेपछी नेपालबाट आफन्तहरु आउने निधो भएको थियो ।
९ फरवरी २०२२ का दिन मृतकका बाबु, दाजु र भोपालबाट जेठान अनि चेन्नईबाट काका र दाजु घटना स्थालमा आइपुगेपछी पुलिस प्रशासनले सम्बन्धि सबै प्रक्रियाहरु पूरा गरि दाहसंस्कार गरिएको छ ।
उक्त दाहसंस्कारमा मूल प्रवाहका क्षेत्रीय प्रतिनिधि नरेन्द्र पुनले सहजीकरण गर्न भुमिका निभाउनु भएको थियो । चेन्नईदेखि काका चन्द्रप्रसाद गोराथोकी, दाजु रितुप्रसाद गोराथोकी, भोपल्देखी जेठान योगेश ढकाल, बिजयवाडाका स्थानीय साथीहरू पाल्पा रिब्दिकोट छका प्रेमबहादुर थापा, भबिन खाम्चा लगायतका साथीहरू सहभागीता थियो ।