हैदराबाद, १३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा आठौं राष्ट्रिय सम्मेलनको दौरान भर्चुअल माध्यमद्वारा प्रचरात्मक क्षेत्रीय प्रशिक्षण सम्पन्न ।
प्रशिक्षण कार्यक्रमम राम प्रसाद पौडेलको अध्यक्षता तिलक रानाको सञ्चालन र कृष्ण बहादुर थापाले स्वागत गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणा गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी मूल प्रवाह केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल केन्द्रीय महासचिव ठाकुर खनाल केन्द्रीय सदस्य फुलबिना पौडेल केन्द्रीय वैकल्पिक सदस्य भिमबहादुर थापा र केन्द्रीय प्रतिनिधि रतन सिंहले अतिथि आसन ग्रहण गर्नु भएको थियो ।
‘राष्ट्रिय जनमोर्चा सानो पार्टी आकारमा भए पनि बिचारमा देशका अरु पार्टी भन्दा वजनदार पार्टी हो, त्यसैले प्रतिक्रियाबादी देशी बिदेशी शक्तिहरु र ठुला भनाउँदा पार्टीहरु राजमोसँग डराउछन्, किनकी राजमो मात्र सत्य तथ्य कुराको वकालत गर्दै जनताको बिचमा आवाज पुर्याउने पार्टी हो ?’
‘कथित क्रान्तिकारी नीतिका नाममा आफुलाई अलग देखाउनेहरु कथित समन्वय समिति बनाएर फरक केही देखाउन नसकी उहीँ मसालले पारित गरेको लाइनलाई नै पत्रकार सम्मेलन गरि देखाएका छन्’ चित्र बहादुर केसीले बताउनु भयो- ॅराजनीतिमा यो भन्दा मजाक के हुन सक्लार ? त्यस्तै देशको अहिलेको समसामयिक राजनीतिक अबस्थाको बारेमा चित्र बहादुर केसीले प्रशिक्षण दिनुभएको थियो ।’
अगाडि बोल्दै चित्र बहादुर केसीले प्रशिक्षण गर्ने क्रममा केपी ओलीले एमसीसीलाई पास गराउन लागिपरेका थिए भने शेर बहादुर देउवाले पनि एमसीसी पास गराउन लागि परेका छन् । एमसीसी राष्ट्रको विपरीत रहेको जनताको पक्षमा नरहेको तसर्थ कुनै पनि हालतमा पास गराउन दिन हुन्न भन्दै एमसीसीका विरुद्ध जोडदार रूपमा आन्दोलन गर्नु पर्ने बताउनु भयो ।
केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल र केन्द्रीय महासचिव ठाकुर खनालले मूल प्रवाहको विरुद्धमा कतिपय कार्वाहीमा परेका तत्वहरुले मूल प्रवाहको लोगो प्रयोग गरि समानन्तर समिति गठन गरि सिधा सादा जनतालाई भ्रम पार्ने काम गरिएको हुँदा गलत तत्वहरुका विरुद्ध जोरदार रूपमा भण्डाफोर गर्दै आठौं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सम्पन्न पार्न सम्पुणर् कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो ।