काठमाडौँ । राष्ट्रिय जनमोर्चाले एम.सी.सी. जबर्जस्ती संसद्मा टेबल गर्ने कार्यलाई तानाशाही तरिका बताएको छ । उक्त कार्यलाई प्रजातन्त्र विरोधीसमेत बताउँदै राजमोले त्यस्तो कार्यको विरोध तथा भत्र्सना पनि गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ फागुन ९ गते जारी प्रेसवक्तव्यमार्फत् राजमोले यस्तो अवधारणा व्यक्त गरेको हो ।
प्रेसवक्तव्यमा एम.सी.सी. को विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको विरोध गरिएको छ । सरकारी दमनको विरोध तथा भत्र्सना गर्दै वक्तव्यमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा सरकारद्वारा उपचारको व्यवस्था गर्न आग्रह गरिएको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै एम.सी.सी. सम्झौताको खारेजीमा जोड दिँदै आएको छ । नेपालकोे राष्ट्रियता तथा सार्वभौम अखण्डता तथा वैदेशीक नीतिलाई दीर्घकालीन रूपले गम्भीर नकारात्मक असर पु¥याउने एम.सी.सी. जस्तो घातक परियोजनालाई बलजफ्ती तथा तानाशाही तरिकाबाट संसद्मा अनुमोदनका लागि प्रस्तुत गर्ने सरकारको प्रजातन्त्र विरोधी कार्यको राष्ट्रिय जनमोर्चा घोर विरोध तथा भत्र्सना गर्दछ ।
राष्ट्रघाती एम.सी.सी. सम्झौताका विरुद्ध देशव्यापी रूपमा जनता सडकमा उत्रेका छन् । त्यस क्रममा हिजो राजधानीमा भएको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले व्यापक दमन तथा धरपकड गरेको छ । सरकारी दमनको दौरानमा थुप्रै प्रदर्शकारी गम्भीर घाइतेसमेत भएका छन् । शान्तिपूर्ण विरोध कार्यक्रममाथि सरकारले गरेको दमनको घोर विरोध तथा भत्र्सना गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्ने कुरामा जोड दिन्छु ।”