हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले बताउनु भएको छ । पौडेलले मध्य दक्षिण क्षेत्रीय समिति तथा महिला क्षेत्रीय बिभागको आयोजनामा हैदराबादको सेकेन्दराबादस्थित शिख भिलेजको कम्युनिटी हलमा सभालाई सम्बोधन गर्दै सो धारणा राख्नु भएको हो ।
‘भारतमा मूल प्रवाह नै शोषित पिडित नेपाली श्रमजिबिहरुको आशाको केन्द्र बनेको छ । त्यही आशाको केन्द्रको भर्खरै फेब्रुअरी २७,२८ र मार्च १ तारिकका दिन हरियाणा राज्यको फरीदाबादमा आठौं अखिल भारत सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न भएको छ ।’ उपाध्यक्ष खनालले भन्नु भयो- ‘७७ दिनको समयावधि नरहेको सन्दर्भमा यति भब्य र रेकर्ड तोड रुपमा सम्मेलन सम्पन्न हुनु निकै गौरबपुणर् र आफैमा ऐतिहासिक र अबिस्मरणीय रहेको छ ।’ यो सबै सङठनका नेता तथा कार्यकर्ताहरुको लगाव र मिहिनेतको कारणले गर्दा नै सफल हुन सकेको पौडेलले बताउनु भयो ।
‘संगठनले कार्यबाही गरि निष्कासन गरेका केही ब्यक्तिहरुले मूल प्रवाहको नाम, लोगो र रजिस्ट्रेशन नम्बर दुरुपयोग गरि आफुलाई मूल प्रवाह भएको भ्रम छर्दै हिड्नु हद दर्जाको अनैतिकता पनि हो ।’ पौडेलले भन्नु भयो- ‘धमिलो पानीमा माछा मार्न पल्केकाहरुको सपना पनि चक्नाचुर हुँदै गइरहेको छ ।’ यो सम्मेलनले उनीहरू थर्कमान भएका छन् । यो सम्मेलनमा भएको जनसहभागिताले गोरखपुरमा ३० जना साथी जम्मा भएर ६० जनाको नाम घोषणा गर्ने फुटपरस्तहरूलाई नराम्रो गरि झापड दिएको पौडेललेको भनाई थियो । ‘उनीहरुले भन्दै आएको कथित टिके समिति को थियो ? आठौँ अखिल भारत सम्मेलनले प्रमाणित गरेको छ ।’ आठौं अखिल भारत सम्मेलनमा भएको जनसहभागिता देखेर उनीहरूलाई आत्म दहन मात्र नभए पूणर्रुपमा परास्त भएको बताउनु भयो ।
साथै अहिले देशमा एमसीसीलाई संसदबाट पास गर्नु राष्ट्रिय अस्मिता माथिको बज्रपात हो । त्यसो भएको कारणले त्यो खारेज हुनु पर्दछ । साथै देशमा स्थानीय चुनाबको घोषणा बैसाख ३० गतेलाई गरेको छ, हामीले राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई बिजयी बनाउन स्वदेश जानको लागि पनि तयारी रहन निर्देशन दिनुभयो ।
त्यस्तै अन्तर्राष्ट्रिय महिला श्रमिक दिबसको बारेमा चर्चा गर्दै उहाले ८ मार्चको बारेमा प्रस्ट पार्नु भयो र महिलाहरूका हक अधिकारहरुका लागि स्वय महिलाहरु नै संगठित आन्दोलनमा सभागि भएमा मात्र महिलामुक्ती आन्दोलनले सफल हुने पौडेलको भनाई थियो । उक्त कार्यक्रममा केन्द्रीय समितिका सदस्य रामप्रसाद पौडेल, केन्द्रीय बैकल्पिक सदस्य कृष्ण बहादुर थापाले अथितीको आसनबाट संबोधन गर्नु भएको थियो ।
कार्यक्रममा संबोधन गर्ने बक्ताहरुमा तिलक राना, थानबहादुर क्षेत्री, राजु दुलाल, सम्झना दुलाल, गङा कडायत, मोहन्लाल शर्मा, जिबनाथ शर्मा, विकास परियार, सीता थापा, कृष्ण कुमारी विक, बिजुला शर्मा, कमला शर्मा, बिष्णु थापा, इश्वरा पौडेल, हिरा पौडेल, लाल बहादुर थापा, दिनामणी पौडेल, झलक पुन, तेजेन्द्र प्रसाद शर्मा, सुर्य बहादुर थापा, यशोधा पौडेल लगायतका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।
उक्त संदेश सभा तथा महिला श्रमिक दिबसको अध्यक्ष घनश्याम शर्मा, पुष्पा पौडेलले सञ्चालन, अतिथिहरुको आसनग्रहण, वीर सहिदहरुप्रती एक मिनेट मौनधारण पश्चात् माया थापाले शब्दबाट स्वागत र कलाकरहरुले गित संगितबाट स्वागत गर्नुभएको थियो ।