एलुरुमा विदाई कार्यक्रम सम्पन्न

एलुरू, १५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एलुरू नगर समिति सदस्य देभराज उपाध्यायको विदाई कार्यक्रम सभा सहित सम्पन्न भएको छ ।

कार्याक्रम नगर अध्यक्ष राज कुमार रायमाझीको अध्यक्षता शिबराज पौडेलको सञ्चालन रहेको थियो । कार्यक्रममा देभराज उपाध्यय, नरेन्द्र बहादुर पुन, लक्ष्मी जीसी, शुक शर्मा आचार्य, जितबहादुर बुढाथोकी, बिर बहादुर रायमाझी लगायतको आसनग्रहण र एक मिनेट मौनधारण पछी उपस्थित जनमानसलाई नगर समितिका सदस्य रामप्रसाद पौडेलले शब्दबाट स्वागत गर्नू भएको थियो ।

बिदाई कार्यक्रममा नरेन्द्र बहादुर पुनले मूल प्रवाह नेपालीहरुको मुटुको ढुकढुकि भएको बताउनु भएको थियो । पुनले प्रवाशीहरुको एउटा घर पनि भएको आज तपाइले यो घर भित्र जो शिक्षा प्रप्त गर्नू भएको त्यो शीक्षा मार्फत सबै प्रकारका आबसरबादीहरुलाई परास्त गर्दै राष्ट्रीय जनमोर्चामा आबद्ध भइ राष्ट्रियताको र सर्वहारावर्गको पक्षमा उठाउन आग्रह गर्नु भएको थियो।

नगर उपाध्यक्ष लक्ष्मी जीसी, नगर कोषाध्यक्ष कमला भट्टराई, नगर सदस्य शुक सर्मा आचार्य, राधिका पौडेल्, जित बहादुर बुढाथोकी, जित बहादुर कुँवर, अशोक कुँवर, रिमा सन्माने र बिर बहादुर रायमाझी लगायतले पनि शुभकामना मन्तव्य राख्नू भएको थियो ।

कार्यक्रम देभराज उपाध्ययले आफुले लामो समयसम्म मूल प्रवाह भित्र एउटा परिवारिक रुपमा रहेर काम गरेको र एकता समाजबाट लिएको शिक्षालाई खेर जान नदिने बताउनु भएको थियो । स्वदेश गएर पनि राष्ट्रियता र जनताको निमित्त सहि नीति लिइएको राष्ट्रिय जनमोर्चामा आबद्ध भइ आफू सक्दो सयोग गर्ने आश्वासन ब्यक्त गर्नू भएको थियो । वहाँको स्थाइ घर बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वार्ड नं ४ सुदूरपश्चिम हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार