होम बहादुर नेपाली मातृ शोकमा

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर हैदराबाद नगर समितिद्वारा संचालित हैदरनगर एरिया समितिका सल्लाहकार होम बहादुर नेपाली मातृ शोकमा पर्नुभएको छ । नेपाली की ममतामयी आमा कुवारी देवि नेपालीको ८७ वर्षको उमेरमा हिंजो २०७८ चैत्र ६ गते दुखद निधन भएको बताइएको छ । मृतक कुवारी देवी नेपाली मूल प्रवाह केन्द्रीय परिषद सदस्य शंकर नेपाली कि सासूआमा पनि हुनुहुन्थ्यो ।

स्वर्गद्वारी नगर पालिका ३, उपल्ला भिंग्री, दान्जकोट, प्युठान निवासी कुवारी देवी नेपालीको निधनले शोक सन्तप्त परिवारमा धैर्यधारणको कामना सहित मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एरिया अध्यक्ष भरत परियारले सिंगो एरिया समितिको तर्फदेखि शोक व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार