वडौदराको वाघडियामा मूल प्रवाहको एरिया समिति गठन

वापी, १३ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बरोदा नगर समिति अन्तर्गत वाघडिया एरियामा भेला सम्पन्न भएको छ ।

भरत साउदको अध्यक्षता र मोहन रावतको सञ्चालनमा अघि बढेको भेलामा स्वागत मन्तब्य सन्जय बिष्टले गर्नु भएको थियो । भेला पश्चिम भारत क्षेत्रीय प्रतिनिधि नारायण विकको पहल र उपस्थितिमा केन्द्रीय सचिव बेद बहादुर कार्कीको र कृष्णवाडी एरिया कोषाध्यक्ष सुरेश रावतको उपस्तिथितिमा भेला सम्पन्न गरिएको छ ।

भेलामा केन्द्रीय सचिवबाट मूल प्रवाहको महत्व र समाजले गर्दै आएको भुमिका बारे प्रष्ट गरिएको थियो । क्षेत्रीय प्रतिनिधि नारायण विकले एकताको बारेमा प्रष्ट पार्नु भएको थियो ।

जसमा एरियाः अध्यक्ष- भरत साउद, उपाध्यक्ष- सञ्जय विष्ट, सचिव- मोहन रावत, सहसचिव- नरेश विष्ट र कोषाध्यक्ष भरत विष्ट रहनुभएको छ । त्यस्तै सदस्यमाः दिनेश विक, राजेन्द्र विक, जितेन्द्र परियार, नरेन्द्र बुढा, विकास सुनार, रोशन बिष्ट, वैकल्पिक सदस्य कमल बिष्ट, हिरालाल बस्नेत, सल्लाकार सदस्य दिल्ली विष्ट, कमल बुढाथोकि रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार