मूल प्रवाहको आह्वान : राजमोलाई जिताउन स्वदेश फर्कौँ

नयाँ दिल्ली (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आगामी स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई जिताउनका लागि स्वदेश फर्कन नेपाली समुदायलाई आह्वान गरेको छ ।

अध्यक्ष ठाकुर खनालले मंगलबार (१९ अप्रिल) का दिन एक विज्ञप्ति प्रकाशित गरी भारतमा रहेका सम्पूर्ण नेपालीलाई घर फर्किएर स्थानीय निर्वाचनमा राजमोलाई विजयी गराउन अपील गर्नुभएको हो ।

मूल प्रवाहले राष्ट्रिय जनमोर्चाले लिएको नीतिप्रति ऐक्यवद्धता प्रकट गर्दै राजमोले नै श्रमजीवि जनताको पक्षमा काम गर्न सक्ने विश्वास व्यक्त गरेको छ ।

देशमा रहेको प्रतिगमनको खतराविरुद्ध संघर्ष गर्दै आएको राजमोलाई राष्ट्रियताको रक्षा तथा जनतन्त्र र जनजीविकाको पक्षमा काम गर्न मतदानका लागि पनि मूल प्रवाहले आह्वान गरेको छ।

स्मरणीय छ, राष्ट्रिय जनमोर्चाले विदेशस्थित नेपालीलाई उनीहरु कार्यरत रहेको देशबाट नै मतदानको व्यवस्था गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार