एक मई अन्तर्राष्ट्रिय श्रमिक दिवसको बारे

शिकाको शहिदहरूलाई लाल सलाम, एक मई अमर रहोस् । दुनियां भरिका श्रमजिविहरू एक हौं । हो यहि नाराले दुनियाभरीका श्रमजीवी शोशित पिडीतहरूलाई संगठित गर्दछ र आफ्नो अधिकारको लागि संघर्ष गर्ने प्रेणा दिन्छ । दुनियांभरीका श्रमजिविहरूले एक मेलाई मजदुर एकता दिवसको रूपमा पनि मनाउँदै आएका छन् ।

हाम्रो संगठनले एक्लै वा अन्य मजदुरहरूका भाइचारा संगठनहरूसँग मिलेर यो दिन एक मईका दिन जुलुस सभा आदी कार्यक्रमको आयोजना गरेर यो दिनलाई संघर्षको रूपमा मनाउँदै आएकाछौँ । अहिले भने कता कति सिथिल्ता आएको अनुभुती हुँदैछ । यो हुनुका बिभिन्न कारणहरू हुनसक्छन् त्यो छुट्टै छलफलको बिषय हो । एक मई अन्तर्राष्ट्रिय मजदुर दिवसको बारेमा भन्नु पर्दा राजनीतिक अबस्था र श्रमिक संगठनको ऐतिहासिक आन्दोलनको देन हो । एक मईलाई अन्तर्राष्ट्रिय पर्वको रूपमा किन र कहिले देखि मनाउँदै आएको हो र यसमा कस्को कस्तो भूमिका छ भनेर ब्यक्तिको बिषयलाई लिनु भन्दा पनि तमाम न्यायप्रेमीहरूको संयुक्त संघर्षको परिणाम हो भन्नु शान्दर्भिक हुनेछ ।

आखिर किन मनाईन्छ मजदुर दिवश ? यो दिनले त्यो श्रमजीवीहरूको बलिदानलाई शम्झाउँन सकोस् जसले आफ्नो रगतले भिजेको लुगालाई झण्डा बनाएर आम जनतालाई विद्रोहको लागि प्रेरित गरे र संसारभरिका श्रमजीवीहरूले त्यसबाट प्रेणा लिन सकुन भन्ने उदेश्यले पनि यो दिवसलाई मनाउँदै आएको हुँनसक्छ । श्रमजीवीहरूको संगठनको इतिहासलाई यो सानो लेखमा बिस्तृत रूपमा उल्लेख गर्न सकिदैन तर पनि सटिकमा भन्नुपर्दा प्रथम मजदुरको संगठन १८२८ फिला डेल्फिया अमेरिकामा बनेको थियो ।

यसको साथमा करिब ६बर्ष भित्र ६० शहरहरूमा मजदुरहरूको ट्रेड युनियन संगठनको निर्माण भयो । मई दिवस एक मईका दिन विश्वमा मनाईन्छ । जसका थुप्रै ऐतिहाशीक कारणहरू त छंदैछन् । वास्तबमा मई दिवस युरोप वा अमेरिकामा आएको उद्योगिक सैलाबको एउटा हिस्सा थियो । १८६०मा इंगलैण्डमा सबै भन्दा पहिले मजदुर संगठन अस्तित्वमा आयो ।

मजदुरहरूको ट्रेड युनियन १९वां शदिको अन्तिमसम्म धेरै बलियो थियो । अमेरिकामा मजदुर आन्दोलन युरोप वा अमेरिकामा आएको उद्योगिक बिकासको एउटा हिस्सा थियो । त्यो वेला कम्पनिका मालिकहरूद्वारा १८ देखि बिस घण्टासम्म श्रम शोषण गरिन्थ्यो । इंग्लैण्डको मजदुर संगठन सबै भन्दा पहिले अस्तित्वमा आयो । १८ शदिको मध्यकाल थियो । मजदुर संगठन १९वि शदिको अन्तसम्म धेरै बलियो बन्दै गएको थियो । किन की युरोपका बिभिन्न शहरमा पनि श्रमजिविहरूको संगठन बन्दै गएका थिए । अमेरिकाको फिला डेल्फिया र बाल्टिमोर शहरहरूमा जुझारू संगठन थिए । जहाँ मजदुरहरू संगठित हुँदै गए त्यहाँको आन्दोलन पनि बलियो हुँदै गयो । भनिन्छ मजदुरका बालखहरूले आफ्नो बाबाको हो भनेर चिन्दैनथे किन की बिहान सूर्य उदाएदेखि अस्ताउँदासम्म उनीहरूले काम गर्नु पर्दथ्यो । त्यसैको मध्य नजर संगठित मजदुरहरूले कामको समय निर्धारित गर्ने उदेश्यले आन्दोलन गर्दै आए ।

वास्तबिक रूपमा एक मईको आन्दोलन कामको समय निर्धारित गर्ने उदेश्यले र आम श्रमजीवीहरूको स्वतन्त्रता र स्वाभिमानको संघर्ष हो । अमेरिकामा ट्रेड युनियनहरूको ब्यपक बिस्तार हुँदै गयो १८३३ र १८३७ को बिचमा जो संगठन बनेका थिए । तिनि बुनकर बुक बण्डर, दर्जी, जुता सिलाउँनेहरू मोची, फेक्ट्रि पाउरोटी उद्योगमा लागेका आदि काम गर्नेवाला श्रमजीवीहरू पुरूष र महिलाहरूका थिए । १८३६मा १३ सिटी इन्टर ट्रेड युनियन यसोसियसन् थिए । जसमा जर्नल ट्रेड युनियन आफ न्युयार्य (१८३३) पनि सामिल थियो । यो अत्यान्तै सक्रिय थियो र योसँग स्टाक फण्ड पनि थियो र एउटा दैनिक पत्रिका पनि सञ्चालित थियो । राष्ट्र ब्यापि संगठन बनाउँने प्रयात्न पनि गर्यो, “नेस्नल ट्रेड युनियन” जो १८३४मा बनाईएको पनि थियो । खास गरेर एउटा सिलभास युवानेताले मजदुर आन्दोलनलाई आफुले ठुलो योगदान दिएकाछन् भने समाजवादीहरूले मजदुर एकताको लागि र उनीहरूलाई राजनीतिक बाटो समेत देखाएका छन् ।

त्यो वेला दैनिक कामका घण्टा घटाउँन गरिएको संघर्ष अति महत्वपुणर् र प्रभावशाली मानियो । जस्मा अमेरिकी “तहरिक” को पनि योगदान थियो । न्यु इंग्लैण्डको वर्किंग मैन्स एशोसियशनले सन्् १८३२ मा कामका घण्टा घटाएर दश राख्ने माग गर्यो र त्यसको लागि संघर्ष सुरू गर्यो । सन् १८३५ सम्म अमेरिकाको कैयौं हिस्सामा यो माग पनि उनीहरूले मनाएर छाडे । त्यही बर्ष मजदुरहरूको आम हड्ताल फिला डिल्फियामा भयो । प्रशासन् र शाशकहरूलाई यो माग मान्न बाध्य गराईयो । दश घण्टा कामको निर्धारित समय सन्् १८४७ मा पहिलो कानून् बनाउन पर्यो जसलाई न्यायपालिकाद्वारा पास गराएर हेम्पसाएरमा लागु गरियो । यही प्रकारको कानून् मेन तथा पेन्शिलवानिया राज्यहरूले १८४८मा लागुगरे । सन् १८६० को दशकसम्म दश घण्टा कार्य दिवश अमेरिकाको पुरै शहरहरूमा लागु गरियो ।

संसारका देशहरूमा यस्ता मजदुरहरूको कार्य दिवसका समय निर्धारित गर्ने आन्दोलनहरू लगातार चल्दै गयो । जहाँ मजदुरहरूले दश घण्टा प्राप्त गरे अब आठ घण्टाको लागि आन्दोलनमा जोड दिन थाल्यो । अष्ट्रेलियाका मजदुरहरूले आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग लिएर आन्दोलन गरेका थिए ।

यसरी मज्दुरहरूले निरन्तर र अथक बलिदानी पुणर् गरेको उक्त आन्दोलनले विजय हासिल गर्यो । १८८९ मा अन्तर्राष्ट्रिय सम्मेलनले एक मेंलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउँने निणर्य गरेपछि यो दिनलाई प्रत्येक बर्षको एक तारिकमा आधिकारीक रूपबाट मनाईन्छ । भारतमा पनि यो दिन सन् १९२३ बाट लगातार मनाउँदै आएका छन् । हाम्रो देशमा पनि बिभिन्न श्रमजिविहरूको संगठन र कम्युनिष्ट पार्टीहरूले यो दिनलाई मनाउँदै आएका छन् । अहिले हाम्रो बिचमा आठ घण्टाको कार्य दिवस प्राप्त हुनुमा सयौं बर्षसम्म मजदुर बुद्धीजिवी लगायतको बलिदानी पुणर् संघर्षको परिणाम हो ।

१८४८मा बनेको कम्युनिष्टको घोषणा पत्रमा उल्लेखछ संसारका मजदुर एक हौं । इन्कलाव जिन्दावाद । यो नाराले सटिकमा भए पनि संसारभरिका श्रमजिविहरूलाई एउटै झण्डा मुनी गोलबन्द गर्न प्रेणा दिन्छ र बुजुर्वा संस्कारको बिरूद्धमा विद्रोहको हुंकार फुक्छ । खास गरेर मेंको महिना एउटा संघर्षको महिना पनि हो प्रचण्ड गर्मिका बाबजुद ससाना बाल बालिकालाई लिएर बोकेर कहिले कुन शहर कहिले कुन शहरमा जुलुस सभाहरूमा संघर्षको त्यो दिन अहिले पनि ताज नै छ । एक मईको अन्तर्राष्ट्रिय मजदुर दिवस पाँच मेंको कार्ल मार्क्सको जन्म दिवस संगठित हुनुभएका साथिहरूले यस्ता अन्तर्राष्ट्रिय दिनहरूबाट ऐतिहासिक पाठ सिक्ने र सिकाउँने गरिन्छ । यिनै दिनको अध्यायनले हामीलाई संघर्ष गर्ने प्रेणा प्रदान गर्छन् ।

अहिले पहिलेको जस्तो मजदुरहरूमा चासो नहुँनुमा धेरैकारणहरूछन् एक त मजदुरहरू पनि पुँजिवादी रंगमञ्चमा परेर सिथिलता आयोको हुनसक्छ, उस्तै अहिले कामको चाप र समयको अभावले वा एक जनाले कैयौं ठाउँमा काम गर्नाले पनि हो । महंगिले गर्दा आजको दिनमा एउटा बच्चाको पर्वरिस गर्नलाई दुइ जनाले घण्टौं काम गर्न बाध्य भएकोले पनि हुन सक्छ । आजको महंगीको मार र खर्चको चापले गर्दा मजदुर आन्दोलनमा पनि ठुलो असर पुगेको देखिन्छ । तर पनि अन्तर्राष्ट्रिय दिवशहरूबाट हामीले शिक्षा हासिल गरेर यो पुंजिप्रधान समाजको बिरूद्धमा आन्दोलित हुँनैपर्छ । अहिले १३४औँ अनतर्राष्ट्रिय श्रमक दिवसलाई देश बिदेशमा बस्नु हुने तमाम कामसँग जोडिएका ब्यक्ति बुद्धिजिवीहरू किसान ज्यामी कुल्लिक्रमी दस्तकारहरू र तमाम खाले मजदुर वा श्रमजीवी जनताहरूले यो कार्यक्रमको आ आफ्नै ढङबाट मनाउँदै हुनुहुन्छ तर यसलाई देश र बहुसंख्याक जनताको पक्षमा लक्षित गर्नुहुने छ भने विस्वास गर्दछौंँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार